टोलटोलमा छायो तीजमिलन


बुटवल

नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए ।

बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश दिने उद्देश्यले तीज पर्वको अवसर पारेर साधारण सभा तथा तीज मिलन कार्यक्रम आयोजना गरिएको बताइन्। संस्थाका सल्लाहकार माया गौतमले तीज पर्वले एकआपसमा सम्बन्ध प्रगाढ बनाउने ,मनोरञ्जन दिने र नराम्रा कुराहरुलाई हटाउँदै राम्रा कुराहरुको पक्षपोषण गर्ने बताइन्। पत्रकार इन्दिरा अर्यालले तीज पर्वको मौलिकतालाई जोड दिँदै सन्देशवाहक पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन्। टोललाई नै गुञ्जायमान वनाउंदै महिला तथा पुरुषहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

तीज पर्वलाई पूर्वजहरूले आफ्ना मनका सुखदुखहरू गीतको माध्यमबाट समाजमा पोख्ने साथै महिलाले आफ्ना पतिको लागि व्रत बस्ने प्रचलन रही आएको छ। आजभोलि महिला मात्र नभएर पुरुषहरुले पनि तीजमा गाउने नाच्ने रमाउने संस्कारको विकास भएको देखिन्छ। विगतका समयमा आफ्नो मौलिकतामा गाउने ,नाच्ने गरिन्थ्यो ,आजभोलि आधुनिकताका नाममा छाडा गीतहरु ,रेकर्डेड गीतहरु र खानपानमा समेत विकृति आउने गरेको देखिन्छ ।यसको संस्कार र संस्कृतिलाई राम्रो बाटोमा हिडाउन आवश्यक छ ।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...