टोलटोलमा छायो तीजमिलन


बुटवल

नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए ।

बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश दिने उद्देश्यले तीज पर्वको अवसर पारेर साधारण सभा तथा तीज मिलन कार्यक्रम आयोजना गरिएको बताइन्। संस्थाका सल्लाहकार माया गौतमले तीज पर्वले एकआपसमा सम्बन्ध प्रगाढ बनाउने ,मनोरञ्जन दिने र नराम्रा कुराहरुलाई हटाउँदै राम्रा कुराहरुको पक्षपोषण गर्ने बताइन्। पत्रकार इन्दिरा अर्यालले तीज पर्वको मौलिकतालाई जोड दिँदै सन्देशवाहक पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन्। टोललाई नै गुञ्जायमान वनाउंदै महिला तथा पुरुषहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

तीज पर्वलाई पूर्वजहरूले आफ्ना मनका सुखदुखहरू गीतको माध्यमबाट समाजमा पोख्ने साथै महिलाले आफ्ना पतिको लागि व्रत बस्ने प्रचलन रही आएको छ। आजभोलि महिला मात्र नभएर पुरुषहरुले पनि तीजमा गाउने नाच्ने रमाउने संस्कारको विकास भएको देखिन्छ। विगतका समयमा आफ्नो मौलिकतामा गाउने ,नाच्ने गरिन्थ्यो ,आजभोलि आधुनिकताका नाममा छाडा गीतहरु ,रेकर्डेड गीतहरु र खानपानमा समेत विकृति आउने गरेको देखिन्छ ।यसको संस्कार र संस्कृतिलाई राम्रो बाटोमा हिडाउन आवश्यक छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...