रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता


९ भदौ, काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् ।

गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।

प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल प्रस्थान गर्दै छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...