एउटा जिल्लाभित्र कारोबार गर्ने सहकारीमा १० लाख मात्र बचत गर्न पाइने
काठमाडौं
सरकारले सहकारीसँग सम्बन्धी अध्यादेश मार्फत् बचत तथा ऋणको सीमा निर्धारण गरेको छ।
मन्त्रिपरिषद्ले मंगलबार साँझ पारित गरेको अध्यादेश अनुसार अब सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन। अध्यादेश राष्ट्रपतिले जारी गर्न भने बाँकी छ।
अध्यादेशले एउटा जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँको सीमा तोकेको छ।
त्यस्तै एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा २५ लाखको सीमा निर्धारण गरेको छ। एक प्रदेश भन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्मको सीमा तोकेको छ।
यसअघि सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा १९ कानुन एकसाथ संशोधनका लागि प्रस्ताव गर्दा सहकारीमा २५ लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न नप...








