सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीले बिशेष निगरानी गर्न आवस्यक: मुख्यमन्त्री आचार्य


देउखुरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारत संग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की संगको भेटमा मुख्यमन्त्री आचार्यले सिमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैधकारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’ 


लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछी प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका छन ।‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध विक्रि भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ’मुख्यमन्त्री आचार्यले भने,‘यि बिषयलाई बिशेष ध्यान दिन जरुरी छ ।’ भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सिमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए ।

उनले सिमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामाग्रीहरु जफत गरिएको सुनाए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्‍याउने कार्यलाई रोक लगाइएको जानकारी दिए । ।

‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्णरुपमा खटिएका छौं’उनले भने,‘यि र यस्ता अवैध कारोबार हुन दिदैनौं ।’ हालै सम्पन्न प्रदेश सुरक्षा गोष्टीबाट पनि सिमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई बिशेष निर्देशन दिइएको थियो ।

छुटाउनुभयो कि ?

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...
भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

काठमाडौँगत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन् । राष्ट्र...
शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...