वरिष्ठ अधिवक्ताको उपाधि पाउन २५ वर्ष वकालत गर्नुपर्ने
काठमाडौं
सरकारले वरिष्ठ अधिवक्ताको उपाधि पाउन २५ वर्ष वकालत गरेको हुनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्दै वरिष्ठ अधिवक्ताको उपाधि पाउन वकालत गर्नुपर्ने समय २५ वर्ष बनाउन खोजिएको हो ।
प्रचलित ऐनमा वरिष्ठ अधिवक्ताको उपाधि पाउनका लागि १५ वर्ष वकालत गरेको हुनुपर्ने एउटा योग्यता छ । यसलाई बदलेर २५ वर्ष बनाउने प्रस्ताव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको हो ।
प्रचलित ऐनको दफा २१ मा वरिष्ठ अधिवक्ताको उपाधि पाउने सम्बन्धी व्यवस्था छ । दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कुनै अधिवक्ताले कम्तीमा पन्ध्र वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरी पेसको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको ...








