प्रधानमन्त्री दाङ आउने भएपछि एमालेमा सक्रियता


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली दाङ आउने भएपछि नेकपा एमालेले जनसभाको तयारी गरेको छ । जनसभाको तयारीका लागि विभिन्न भेला र छलफल गर्न थालिएको नेकपा एमाले दाङले जनाएको छ ।

सोही क्रममा सोमबार नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको थियो । जसमा प्रधानमन्त्रीको उपस्थितिमा विशाल जनसभाका लागि कार्ययोजना तयार गरिएको छ । नेकपा एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनसंगठनको परिचालन लगायतका विषयमा छलफल गरिएको थियो ।

बैठकमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरूलाल चौधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकोले बढी भन्दा बढी नागरिकलाई सभामा उतार्नुपर्ने बताएका छन् । उनले फागुन ५ गतेको जनसभा सभा सफल बनाउने अभियानमा लाग्न जनसंगठनका प्रमुखहरूलाई  निर्देशन दिएका छन् । उनले नेकपा एमालेले सञ्चालन गर्न थालेको जरा अभियानमा पार्टीको नीति विचार बुझाउदै सदस्यता बृद्धि, नवीकरण तथा मिसन ८४ को आधार तयार पार्ने कार्यमा सवै नेता कर्ता परिचालित हुनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य जीवन गौतमले पार्टीलाई सवै जनताको माझमा पु¥याउन टोल तथा बस्ती बस्तीमा पुगेर प्रचार प्रसार गर्न निर्देशन दिए । उनले जरा अभियान अन्तर्गत जनसंगठनहरु पनि परिचालन हुन आवश्यक रहेको बताएका छन् । उनले आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका उपस्थितिमा हुने विशाल जनसभामा उल्लेख जनताको उपस्थिति गराउन आवश्यक कार्ययोजना बनाएर लाग्नुपर्ने बताए ।

नेपाल बुद्धिजीवी परिषदमा अध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेको सभामा गर्नुपर्ने कामका वारेमा कार्ययोजना प्रस्तुत गर्दै सोही अनुसार काम गर्न निर्देशन दिएका छन् ।

सो अवसरमा नेकपा एमाले  प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, पार्टीका पूर्व अध्यक्ष तथा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगायतले पार्टीले सञ्चालन गर्न थालेको जरा अभियानका वारेमा जनसंगठनले खेल्ने भूमिकामा वारेमा जानकारी दिएका थिए ।

बैठकमा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, २०८१ सालभित्र जनसंगठनको अधिबेशन मार्फत चुनिएर आएका नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गोकर्ण वलि, अनेरास्ववियुका अध्यक्ष प्रदिप वस्नेत, प्रेस चौतारीमा अध्यक्ष सुधासुमन ढकाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष नरेश राज भण्डारीलाई सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...