सार्वजनिक जग्गा सामाजिक काममा उपयाेग हुनु पर्छ: अर्थमन्त्री पौडेल


बुटवल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक जग्गा सामाजिक काममा उपयाेग हुनु पर्ने बताएका छन् ।सार्वजनिक जग्गा अहिले कम हुँदै गएकाेमा यसकाे संरक्षण गर्दै सामाजिक काममा उपयाेग हुनु पर्ने वताए ।

रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताए । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उनले वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताए ।२०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गरे ।

तत्कालीन अवस्थामा एक सय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा चारहजार रुपियाँ पु¥याउने अवसर पाएको भन्दै उनले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए ।

“बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले मलाई बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, त्यसैले उनको निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”–अर्थमन्त्री पौडेलले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनु पर्छ ।”

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेको पनि बताउनुभयो ।
“सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम प्रयाप्त छैन, अझै धेरै गर्नुपर्नेछ, यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ”–पौडेलले भने ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुका इच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उहाँले अव बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित संबोधन हुने पनि आश्वासन दिलाउनु भयो । “हामी राजनीति र समाजसेवामा लागेकाहरुका निम्ति यो महत्वपूर्ण शिक्षा हो, ज्येष्ठ नागरिक मिलन केन्द्र नमूना बनोस्”–अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी पाँचयस जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने केन्द्रका अध्यक्ष क्रृषि भण्डारीले जानकारी दिए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारी लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश पारेका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कंडेल र नर्मदा अर्यालले यहाँको वातावरणमा आफूहरु खुसीसाथ जीवन बिताउन पाएको अनुभव वताएका थिए ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...