संस्थालाई करोड–करोडका कृषि अनुदान : अधिकांशले गरे दुरुपयोग


काठमाडौँ

सरकारले ३२ संस्थालाई एक करोड रुपैयाँभन्दा बढी कृषि अनुदान दिएको भेटिएको छ । तर त्यो अनुदान कति प्रभावकारी छ, सदुपयोग भएको छ कि छैन- सरकार त्यति जानकार छैन । सर्वसाधारण उपभोक्ताले त्यसको लाभ लिएका छन् कि छैनन् भन्ने विषयमा पनि सरकारलाई  बेखबरजस्तै छ ।

एक करोडभन्न्दा बढी अनुदान लैजाने संस्थाको विवरण खोजी गर्दा सरकारबाट मोटो रकम लिएर कोल्ड स्टोर सञ्चालनमै नरहेकोसम्म भेटिएको छ । त्यसको एउटा उदहारण हो, बाँकेमा रहेको कैलाश कोल्ड सेन्टर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ करोड ३० लाख अनुदान लिए पनि उक्त कोल्ड स्टोर सञ्चालन नै भएको छैन ।

‘धेरै वर्षअगाडि नाम त सुनिएको हो, तर सञ्चालनमा आएको थाहा पाइएन,’ बाँकेका अगुवा कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा दुइटा मात्रै चिस्यान केन्द्र सञ्चालनमा छन् । ती हुन्, नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड एयर हाउजिङ र भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड ।’

कैलाश कोल्ड स्टोर बैजनाथ गाउँपालिका- ७ मा सञ्चालन हुने भनिएको थियो । २०७७ सालमा सञ्चालनमा आउने भनिए पनि अहिलेसम्म अत्तोपत्तो छैन । ‘कैलाश कोल्ड स्टोर दुई चार वर्षअगाडि नै सञ्चालनमा आउने भनियो । तर अहिलेसम्म सञ्चालनमा आएन,’ बैजनाथ गाउँपालिका-७ का अध्यक्ष दिनेशकुमार थारुले भने ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले पनि त्यस क्षेत्रमा दुइटा चिस्यान केन्द्र मात्रै सञ्चालनमा रहेको जनाए । ‘राज्यले किसानको उत्पादनलाई सुरक्षित राख्न चिस्यान केन्द्रलाई अनुदान दिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा दुईवटा मात्रै सञ्चालनमा छन् ।’

उत्पादन नहुने ठाउँमा बनाइने यस्ता शीत भण्डारण प्रभावकारी छैनन् । तर राज्यको पैसा हावादारीमा वितरण भएको जानकारहरू बताउँछन् । कपिलवस्तुमा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था (कृषि बहुउद्देश्यीय सहकारी संस्था) ले पनि १ करोड १ रुपैयाँ अनुदान लगेको छ ।

नेपाल लाइभस्टक सेक्टरले इनोभेसन आयोजनाबाट लगेको अनुदान सदुपयोग भएन । अनुदान रकमबाट दुध उत्पादन तथा बिक्री वितरण आयोजना सञ्चालन गरिएको थियो । संस्थामा ५० जना सेयर सदस्य रहेको नाम उल्लेख भए पनि अन्तिममा १३ जना मात्रै भए ।

‘एक जनालाई ३ देखि १० वटा गरी १३ कृषकलाई ७० उन्नत भैंसी र दुई उन्नत राँगा वितरण गरियो,’ संयोजक कृष्णप्रसाद न्यौपानेले भने, ‘५ वटा भैंसी लिएकामध्ये एक जना भैंसी बेचेर विदेश गए । ७० भैंसीमध्ये अहिले किसानको गोठमा आधा मात्रै देखिन्छन् ।’

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...