बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया काठमाडौंमा


काठमाडौं

बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुगेका छन् । छुट्टाछुट्टै काठमाडौं आएका उनीहरूलाई परराष्ट्र सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उनीहरूले आजै  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । एडवार्ड भोलि ९माघ २३० ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् । नेपाल रहँदा उनीहरू पोखरा पनि जानेछन् । उनी माघ २७ ९आइतबार० गते फिर्ता हुने उनीहरूको कार्यक्रम छ ।

बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् ।

छुटाउनुभयो कि ?

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका...
रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...
बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

काठमाडौँबल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले ...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...