आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच ओमानमा वार्ता
इरानको आणविक हतियार कार्यक्रम रोक्नेबारे इरानी अधिकारी र अमेरिकी अधिकारीबीच छलफल भएको छ।
ओमानको मध्यस्ततामा इरानी विदेशमन्त्री अब्बास अराक्ची र अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभन विटकफ र ओमानका लागि अमेरिकी राजदूत आना एस्क्रोगिमाबीच शनिबार मस्कटमा वार्ता भएको हो।
इरानी विदेशमन्त्री अराक्चीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। वार्ताबाट तत्कालै कुनै निष्कर्ष ननिस्किएको तर फेरि छलफलमा बस्ने गरी टुंगिएको बताएका छन्।
'हामी वार्ताको आधार तयार गर्न नजिक छौँ। अर्को हप्ता यो आधार बन्यो भने वास्तविक छलफल सुरु हुनेछ,' अराक्चीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
दुई देशका अधिकारीहरूबीच अर्को शनिबार पनि वार्ता हुने तय भएको छ।
इरानलाई परमाणु हतियार कार्यक्रम रोक्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार चेत...








