सरकार जनताको अवस्था परिवर्तनमा लागिरहेको छ साथ दिनुहोस् : प्रधानमन्त्री ओली


बुटवल

प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै त्याग संघर्षबाट व्यवस्था परिवर्तन गरेकाे र अब जनताको अवस्था परिवर्तनका लागि सरकार लागिरहेकोले साथ दिन सम्पूर्ण जनतालाई आग्रह गरेका छन्।

शुक्रबार नेकपा एमालेको जागरण सभालाई बुटवलमा सम्बोधन गर्दै नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीले ठूलो त्याग ,बलिदानबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई संविधानमानै नरहेको राजतन्त्रका पछाडि लागेर समय बिताउन र द्वन्द सिर्जना गर्न नहुने वताउंदै अब जनताको अवस्था परिवर्तनमा लाग्न आवश्यक रहेकोले सरकार लागिरहेको बताए।

उनले सम्भावनै सम्भावना रहेको हाम्रो देश नेपालमा चाहे जति विकास हुन नसकेता पनि भएका उपलब्धि, विकास समृद्धिका कुराहरू जनजनमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले नेपालमा सामाजिक अराजकता फैलाउने ,गलत प्रचार गर्ने ,दुष्प्रयास गर्ने तत्वहरु सक्रिय रहेकोले यसलाई निस्तेज पार्न आवश्यक रहेको र यसमा सबैले साथ दिन आह्वान गरे। उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विकासका रोल मोडल रहेको र रूपन्देही ,लुम्बिनी प्रदेश मात्र नभएर देशमा नै विकासको लय बसाउने व्यक्ति रहेको बताए ।उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय हवाई मैदान ,पूर्वपश्चिम राजमार्ग विस्तार ,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, १२सय सैयाको देशकै ठूलो अस्पताल, देशकै उत्कृष्ट विद्यालय ,औद्योगिक ग्राम ,कृषि विकासका योजना ,रोजगारका योजना जस्ता अनेकौँ योजनाहरू पूरा हुँदै गएको उदाहरण दिए।

अहिले भूमिहीन ,सुकुम्बासी लगायतका निम्न वर्गका नागरिकलाई सम्बोधन गरेर माथि उठाउने गरी काम भइरहेको बताए ।साथै उद्योगी व्यवसायीहरुलाई महत्व दिनेगरी काम गरिरहेको बताए । शिक्षा क्षेत्रका जायज मागहरु पूरा गर्न सरकार लागेको बताउंदै उनले युवाहरु गाउँ छाडीसहर र विदेश पलायन रोक्न रोजगार ,कृषि लगायतका कुराहरुमा विशेष प्राथमिकता दिएको बताए। उनले वैशाख ११ गते काठमाडौँमा विशाल जागरणसभा गर्ने भएका उपलब्धि र योजनाहरू जनता समक्ष पुर्याउने जानकारि दिए।

अहिले मुलुकको स्थिरता र समृद्धिको लागि एमाले र कांग्रेसको बहुमतको सरकार बनेको र सरकारले देखेका सपनाहरू पूरा गरी छाड्ने बताए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले लयमा काम गरिरहेको समयमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकोले दायंवायां नलागि निर्धक्क भएर देश र जनता प्रेमी सरकारलाई साथ दिन आह्वान गरे । उनले जनताका समस्या बुझ्ने ,समाधान गर्ने र बुझाउने प्रक्रिया गरी अगाडि बढेको सरकार र पार्टी प्रतिको प्रहारलाई निस्तेज पार्न आवश्यक रहेको बताए। एमालेको नेतृत्वमा रहेका हरेक सरकार ऐतिहासिक रहेको र वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका राम्रा कामहरू सहन नसकी प्रतिगामी तत्वहरु सलबलाउन लागेकोले निस्तेज पार्न सबै जनता लाग्नुपर्ने बताए । उनले आगामी बजेटमा स्रोतको आधारमा देश र नागरिकका बाँकी रहेका समस्या सम्बोधन गर्ने गरी योजना अगाडि सारेको जानकारी दिए।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले हिंसाबाट सुरुवात गरी आफू सत्ता र शक्तिमा रहँदासम्मका कोतपर्व देखि राजदरबार हत्याकाण्डसम्मका हिंसात्मक गतिविधि गर्ने र सामन्तवादी राजतन्त्र ,अस्थिरता चाहने र एमालेलाई कमजोर गराउन लाग्ने देश र विकास विरोधीहरूलाई जनताले ठेगान लगाउनुपर्ने बताइन्। उनले मुलुकमा बढ्दै गएको सामाजिक अराजकता निर्मूल पार्न सही सूचना र सन्देश जनताका माझ पुर्याउन देशव्यापी जागरण सभा गरिएको र जनता सचेत र संयम रहेर एमालेलाई साथ दिन आह्वान गरिन्। ।

कार्यक्रममा नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेको अध्यक्षता , उपाध्यक्ष हितराज पन्थीको स्वागत मन्तव्य साथै सचिव चित्रबहादुर कार्कीको सञ्चालन रहेको थियो।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...