सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउन सुझाव


 काठमाडौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल प्रयोग हुने सञ्चारमाध्यमसहितमा गलत र भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको र त्यसले देशलाई पछाडि पार्ने काम गरेकोमा उहाँको असन्तुष्टि थियो ।

बिहीवार प्रेस काउन्सिलमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारितामा सुधार आउने बताउनुभयो ।

सामाजिक सञ्जालको गलत र नियोजित प्रयोगले मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ । ती प्रयोगकर्ता पत्रकार हुन सक्दैनन्, नयाँ खुलेका अनलाइन, युट्युव सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरुका लागि राखिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेल र गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक केपी गौतमले पत्रकार आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुबारे सहजीकरण गर्नुभएको थियो । लुँइटेलले डिजिटल सञ्चार माध्यम संयमित र विश्वसनीय हुन जरुरी भएको उल्लेख गर्दै त्यसका लागि सञ्चारकर्मी स्वयं जागरुक हुनुपर्ने बताउनुभयो ।

गौतमले आचारसंहिता पालना नगर्दा अहिले मिडियाप्रतिको धारणा नै बदलिन लागेकाले यसतर्फ सबै सचेत र सजग हुनुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीले पर्याप्त अध्ययन, मेहनत र खोजी गर्न जरुरी छ । पत्रकार आचारसंहिता पालना गरेको छु कि छैन भनेर हमेशा ख्याल गर्नुपर्छ, उहाँले त्यसक्रममा भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमलाई आचारसंहिता र पत्रकारिताको आधारभूत ज्ञान दिलाउने उद्देश्यले काउन्सिलले अभिमुखीकरण कक्षालाई श्रृंखलाबद्ध ढंगले चलाइरहेको छ । मिडियाको सही प्रयोग गर्न चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनका लागि काउन्सिलले सम्पादक सम्वाद र सञ्चारमाध्यमसँग काउन्सिल जस्ता कार्यक्रमलाई निरन्तरतासमेत दिइएको त्यस क्रममा जानकारी दिइयो । 

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...