प्रधानमन्त्रीले शुक्रबार बुटवलको जनसभालाई सम्वाेधन गर्ने


बुटवल

नेकपा एमालेले भाेलि अर्थात चैत २९ गते शुक्रबार बुटवलमा जनसभा आयोजना गरेकाे छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभामा अर्थमन्त्री विष्णुप्रसाद पाैडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ,एमालेका सचिव पद्ममा अर्याल लगायतका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुकाे सम्वाेधन रहने छ ।

रुपन्देही र आसपासका जिल्लाहरु कपिलवस्तु र नवलपरासीबाट समेत गरि ५० हजार जना सहभागिता जुटाउने एमालेले दावी गरेको छ।

विहिबार नेकपा एमाले पार्टी कार्यालय बुटवलमा सम्पन्न भएको पत्रकार भेटघाट तथा तैयारिकाे पुर्वसन्ध्या कार्यक्रममा वाेल्दै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पछिल्लो समय राजनीतिक दलहरु र सरकारका विरुद्ध मात्र होईन लोकतन्त्र र गणतन्त्रका विरुद्ध समेत नकारात्मक भ्रम सिर्जना गर्न थालिएकोले त्यसलाई चिर्न एमालेले जनसभा गर्न लागेको जानकारी दिईन्। 

बुटवलमा आयोजना गर्न लागिएको जनसभा एमालेको मात्र नभई लोकतन्त्र र गणतन्त्रका पक्षधरहरुको समेत भएकोले लोकतन्त्र र गणतन्त्रप्रति विश्वास गर्नेहरुको समेत उपस्थिती रहने उनले दावी गरिन्।

सचिव अर्यालले सरकारसँग जोडिएर अहिले जे जस्ता प्रश्नहरु उठाईएका छन्, सरकार के गर्दै छ र बाहिर गरिएका हल्लाहरुमा कति सत्यता छ कति हल्ला मात्र हुन्, अहिले मुलुकको अवस्था के छ, सरकार र राजनीतिक दलहरु कुन ढंगले अगाडी बढ्नुपर्छ भन्ने जस्ता विषयमा जनतालाई बुझाउन जनसभा आयोजना गरिएको बताईन्।

कार्यक्रममा एमाले पाेलिटव्युराे सदस्यहरु खिमलाल भट्टराई ,लिला गिरि,दधिराम न्याेपानेले अस्थिर राजनितीक अवस्थाका कारण अपेक्षा गरेअनुरुप प्रतिफल पाउन नसकेको अवस्थामा जनमानसबाट उठेका गुनासोहरुको मौका छोपेर व्यवस्थामाथी नै प्रहार हुने गरि राजावादीहरुले गरिरहेका गतिविधिहरुलाई निस्तेज पार्न पनि जनसभा आयोजना गरिएको बताए। जनतालाई हिंजोको राजतन्त्रात्मक व्यवस्थामा के थियो र अहिलेको गणतन्त्रात्मक व्यवस्थामा के परिवर्तन आएको छ भनेर बुझाउन पनि जरुरी रहेको उनिहरुकाे भनाई छ।कार्यक्रममा केन्द्रीय सदस्यहरु शिवराज सुवेदी,सावित्रा अर्याल लगायतकाे उपस्थिति रहेेकाे थियाे ।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले ‘सरकारले गर्नुपर्ने जति र जनताले चाहेजति हुन सकेन होला त्यसप्रति सरकार र राजनीतिक दलहरुले आफुलाई सुधार गर्नुपर्ने भएपनि गणतन्त्रको विकल्प राजतन्त्र होईन गणतन्त्रको विकल्प समाजवाद हो, हाम्रो यात्रा समाजवादको हो जनतालाई यी नै कुरा बोध गराउनका लागि जनसभा आयोजना गरिएको बताए।

जनसभालाई नेकपा एमालेले संचालन गरेको ‘जरा अभियान’ को समापनसँग समेत जोडिएको बताउदै गैरेले एमालेले पार्टीको संगठनलाई सुव्यस्थित गर्दै सामाजिक अराजकताले जनमानसमा पुर्‍याएको तथ्यहिन र भ्रमपूर्ण सूचनालाई विश्वास नगर्न भनेर तल्लो तहसम्म सन्देश पुर्‍याउने गरि देशभर पार्टीको ‘जरा अभियान’ संचालन गरेको छ जनसभा त्यसैको समापनसँग पनि जोडिएको उल्लेख गरे। कार्यक्रम प्रचार विभाग सचिव प्रदिप आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...