निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ- अर्थमन्त्री वाग्ले
काठमाडौंनेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे ।साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।‘कर्जाको ब्याजदर ऐतिहा...








