नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य
दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि दिए ।
‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिनेछ । ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।
उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै...








