Author: संचार पत्र

अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ । बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो। अदालतले सफाई पाएको पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए। यता,उच्च सरकारी वकिल कार्यालय, वीरगन्जले भने आलम बिरूद्ध प्रर्याप्त प्रमाण भएकाले उच्चको फैसला बिरूद्ध सर्बोच्च अदालतमा पुन: मुद्धा गर्ने जनाएको छ । ...
स्रोतको दबाबबिच आज २० खर्वको बजेट ल्याउँदै सरकार

स्रोतको दबाबबिच आज २० खर्वको बजेट ल्याउँदै सरकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बिहीबार बजेट सार्वजनिक हुन लागेको हो । बढ्दो दायित्व र खुम्चँदो राजस्वको दबाबबिच अर्थमन्त्रीले १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । त्यसो त राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपियाँको बजेट सीमा निर्धारण गरेको छ । यद्यपि बजेट निर्माणको अन्तिम समयमा बढ्ने मागका कारण विगतमा बजेट स...
आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई  स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण र...
राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल मा एक महिलासहित दुई बालिकाको हत्या गरेका सुजन कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए।  पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी। सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। बुवाआमा प्रभासमा बस्दै आए पनि उनका दुई दाजुहरू पनि बुटवलमा बस्थे। सोही क्रममा आर्थिक विषयमा सुजनको दाजु सुदिपसँग विवाद भएपछि उनले दाजुको हत्या गर्छन्। असोजमा विवाह गरेका सुजनले सोही वर्ष पुस २३ गते २५ वर्षीय दाजुको वीभत्स रूपमा हत्या गरेपछि दाजु सम्पर्कविहीन रहेकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।  सुजनको निवेदनपछि सुदिपको खोजी सुरू गरेको प्र...
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

Breaking news 2, ताजा अपडेट, समाचार
१३ जेठ, पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा अध्यक्ष बन्न गितेन्द्रबाबु (जीबी) राईले बाटो छेकेपछि बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर मनमौजी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो । असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ । ...
चालू खाता र शोधनान्तर बचतमा

चालू खाता र शोधनान्तर बचतमा

समाचार
काठमाण्डौ – चालू आर्थिक वर्षको नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार यस अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड  रुपैयाँले बचतमो थियो । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७ दशमलव ३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको...
आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । पञ्जाब र मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पञ्जाब १३ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान खेलमा १६ अङ्कसहित मुम्बई चौंथो स्थानमा छ । हिजो भएका खेलमा चेन्नई सुपर किङ्गसले गुजरात टाइटन्सलाई ८३ रनले र सनराइजर्स हैदराबादले कोलकातालाई एक सय १० को फराकिलो रनले हरायो । आईपीएलको लिग चरणको अन्तिम खेलमा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल ...
युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
पोखरा नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि सुमन पुरीले पार्टी अध्यक्षको दबाबमा टसको मस नभएपछि अन्ततः चुनाव हुने भएको छ। वर्तमान कमिटीमा अध्यक्ष रहेका क्षितिज थेबेलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्बा गुरुङ मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल पूर्व अध्यक्ष महेश बस्नेत समेतले दबाब दिए पनि वर्तमान कमिटीमै महासचिव रहेका सुमन पुरीले अध्यक्षको दाबी नछोडेपछि निर्वाचनको तयारी गरिएको छ।  यसअघि उपाध्यक्ष समेत भैसकेका सुमन पुरीलाई नवौं महाधिवेशनका बेला नेताहरूले नै अर्को पटक अध्यक्ष बनाउने आश्वासन दिएर महासचिव बनाएको भन्दै प्रतिनिधीहरुले समेत उ बेलाको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एम...
विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्। सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइ...
६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा आज आइतबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार राति पनि कोसी प्रदेश र मधेस प्र...