Author: संचार पत्र

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि देशभर साधरणतया बदली बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखिमध्यम वर्षाको ...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्ब...
रास्वपाको गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत

रास्वपाको गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो ।  यसको साथै, बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथि प्रहार भएको भन्दै यस्तो गतिविधिलाई अन्देखा नगरी, यस कार्यमा संलग्नहरुलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरेको छ । बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री रामेश्वर चौधरी बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री रामेश्वर चौधरी बर्खास्त

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कैलाली सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए। केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।  मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए। मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्। ...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको नयाँ पुल सञ्चालनमा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको नयाँ पुल सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्कीबासस्थित विनयी खोलामा नव निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ। कालोपत्रे सम्पन्न भएपछि गाडी सञ्चालनका लागि तयारी पूरा भएको जानकारी नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालले दिएका छन्। नयाँ पुलबाट अधिकतम ४० टन भारवाहक सवारीसाधन मात्र सञ्चालन गर्न पाइनेछ। पुल सञ्चालनमा आएसँगै विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर जोखिम मोलेर गाडी चलाउनु पर्ने बाध्यता अन्त्य भएको छ। गत पुस २६ गते भारतीय ट्रकको ठक्करबाट पुरानो पुल भत्किएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। मालबाहक सवारी डाइभर्सनमार्फत मात्र गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको र पटक–पटक डाइभर्सन बगाउँदा समस्या झेल्नु परेको थियो। यही असार ६ गते यात्रुबाहक बस फसेर ३८ यात्रुको उद्धार गर्नुपरेको थियो। पुल निर्माणपछि सव...
कालीगण्डकीको शालिग्राम शिला डुबानमा, सेतीबेणी क्षेत्रमा त्रास बढ्दो

कालीगण्डकीको शालिग्राम शिला डुबानमा, सेतीबेणी क्षेत्रमा त्रास बढ्दो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
गुल्मी पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीबेणीस्थित विश्वकै ठूलो मानिने शालिग्राम शिला अहिले डुबानमा परेको छ। जेठको अन्तिम साताबाट नै डुबानमा परेको यो धार्मिक एवं सांस्कृतिक सम्पदा लगातार वर्षासँगै अझै पनि जलमग्न अवस्थामा छ। कालीगण्डकी नदीमा पानीको सतह ह्वात्तै बढेपछि शालिग्राम शिला मात्र नभइ त्यस क्षेत्रका संरचना समेत जोखिममा परेका छन्। शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो, आसपास रहेको सत्तल र परिक्रमा स्थल पूर्ण रूपमा डुबेको छ। सेतीखोला र कालीगण्डकीको दोहोरो बहावले परिक्रमा मार्ग पूर्ण रूपमा क्षतविक्षत बनेको जानकारी स्थानीय तिलक पराजुलीले दिएका छन्। यसले गर्दा पुजारी, पण्डित तथा भक्तजन सबै विस्थापित बनेका छन्। नियमित पूजा, दर्शन तथा धार्मिक गतिविधि पूर्ण रूपमा अवरुद्ध छ।  शिला संरक्षणका लागि बनाइएका तटबन्ध तथा ग्याबिन जालीसमेत नदीले पु...
गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, १९ असार – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले एक विशेष समारोहका बीच यो घोषणा गर्दै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि थप प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष पोखरेलले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए। उनले भने, “हाम्रो गाउँपालिकालाई बालमैत्री बनाउन र बालश्रम तथा सडक बालबालिकाको अवस्थालाई शून्यमा झार्न हामीले निरन्तर प्रयास गरेका छौं। यो घोषणा हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो।”धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानलाई आत्मसात् गर्दै बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न संस्थागत सुधारमा जोड दिएको छ। पालिकाले बालब...
बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज, स्थानीय
बुटवल बेरोजगारीको चपेटामा परेका हजारौं युवालाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले आयोजना गरेको एक दिने रोजगार मेलाले उल्लेखनीय सफलता हासिल गरेको छ । मेला समापन हुँदा १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् भने झण्डै ७ सय जना युवाहरू ‘फलोअप’ प्रक्रियामा रहेका छन् । बुटवलमा आयोजित उक्त रोजगार मेलामा हातमा सिप, शिक्षा भएकाले मात्र होइन रुचि भएकाले समेत अवसर पाएको देखिएको छ । हातमा डिग्री र सिप भएर पनि बेरोजगार बसिरहेका युवाहरू साथै सिप भएका तर काम नभएका सीपधारी व्यक्तिहरू, वैदेशिक रोजगारीको विकल्प खोजिरहेका सर्वसाधारणदेखि उद्यमशील सोच बोकेका महिला, युवा–युवतीसम्मको उपस्थिति निकै लोभलाग्दो थियो । एक दिने रोजगार मेलामा ५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरे भने ४० वटा विभिन्न संघसंस्था, उद्योग, कम्पनी तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिका...
मधेश प्रदेशबाहेक अन्य प्रदेशमा मुसलधारे पानी पर्छ: मौसम विभाग

मधेश प्रदेशबाहेक अन्य प्रदेशमा मुसलधारे पानी पर्छ: मौसम विभाग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल देशका केही ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । राति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो र राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मधेशबाहेक अरू प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।  आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक,दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...
संवैधानिक निकायका ५२ पदाधिकारीकै नियुक्ति सर्वोच्चबाट सदर

संवैधानिक निकायका ५२ पदाधिकारीकै नियुक्ति सर्वोच्चबाट सदर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो। दोस्रो चरणको २० जनाको नियुक्ति भने सर्वसम्मत रायका आधारमा सदर भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणको नियुक्ति बदर हुनुपर्ने राय दिएका थिए। तर, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लका साथै न्यायाधीशहरु कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर गर्ने र रिट खारेज गर्ने आदेश दिए। योसँगै सबै संवैधानिक पदाधिकारी अब आफ्नो पूरा कार्यकाल पदमा बस्न पाउनेछन्। नियुक्ति विवादमा परेका ५२...