गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित


गुल्मी, १९ असार – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले एक विशेष समारोहका बीच यो घोषणा गर्दै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि थप प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष पोखरेलले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए।

उनले भने, “हाम्रो गाउँपालिकालाई बालमैत्री बनाउन र बालश्रम तथा सडक बालबालिकाको अवस्थालाई शून्यमा झार्न हामीले निरन्तर प्रयास गरेका छौं। यो घोषणा हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो।”धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानलाई आत्मसात् गर्दै बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न संस्थागत सुधारमा जोड दिएको छ।

पालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक विकासका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको छ। साथै, बालश्रम न्यूनीकरण र सडक बालबालिकालाई संरक्षण प्रदान गर्न स्थानीय समुदाय, विद्यालय र विभिन्न संघसंस्थासँग सहकार्य गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।यो घोषणाले धुर्कोट गाउँपालिकालाई बालमैत्री शासनको नमुना बनाउने लक्ष्य राखिएको छ। गाउँपालिकाले आगामी दिनमा बालबालिकाको हकअधिकार सुनिश्चित गर्न थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...