कालीगण्डकीको शालिग्राम शिला डुबानमा, सेतीबेणी क्षेत्रमा त्रास बढ्दो


गुल्मी

पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीबेणीस्थित विश्वकै ठूलो मानिने शालिग्राम शिला अहिले डुबानमा परेको छ। जेठको अन्तिम साताबाट नै डुबानमा परेको यो धार्मिक एवं सांस्कृतिक सम्पदा लगातार वर्षासँगै अझै पनि जलमग्न अवस्थामा छ। कालीगण्डकी नदीमा पानीको सतह ह्वात्तै बढेपछि शालिग्राम शिला मात्र नभइ त्यस क्षेत्रका संरचना समेत जोखिममा परेका छन्।

शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो, आसपास रहेको सत्तल र परिक्रमा स्थल पूर्ण रूपमा डुबेको छ। सेतीखोला र कालीगण्डकीको दोहोरो बहावले परिक्रमा मार्ग पूर्ण रूपमा क्षतविक्षत बनेको जानकारी स्थानीय तिलक पराजुलीले दिएका छन्। यसले गर्दा पुजारी, पण्डित तथा भक्तजन सबै विस्थापित बनेका छन्। नियमित पूजा, दर्शन तथा धार्मिक गतिविधि पूर्ण रूपमा अवरुद्ध छ।

 शिला संरक्षणका लागि बनाइएका तटबन्ध तथा ग्याबिन जालीसमेत नदीले पुरिएपछि शिलामा आवतजावत नै रोक लगाइएको छ। स्थानीयको भनाइमा यस स्थितिको मुख्य कारण कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधसमेत हो, जसका कारण नदीको बहाव ह्वात्तै बढेर वरपरका क्षेत्रहरू जोखिममा पर्ने गरेका छन्।

डुबानको खतराले सेतीबेणी बजार क्षेत्र, पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको करिब २०० व्यापारी र स्थानीय त्रसित छन्। बाढीको जोखिमले गर्दा उनीहरू आफ्नो व्यवसाय र घरको सुरक्षामा निरन्तर सशंकित छन्। गत वर्ष साउनमा आएको बाढीले एक घर पूर्ण रूपमा भत्किएको थियो भने आधा दर्जनभन्दा बढी परिवार विस्थापित भएका थिए।

गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईले जोखिम न्यूनीकरण गर्न कालीगण्डकीको बहाव परिवर्तन गरी गुल्मी तर्फ मोड्नु पर्ने धारणा राखेका छन्। त्यस्तै, विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले तीन वटै पालिका — गल्याङ, विहादी र कालीगण्डकी — बीच समन्वय गरेर सेतीबेणी क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको शालिग्राम शिला डुबानमा परेपछि स्थानीय मात्र होइन, मुलुकभरका भक्तजनहरू चिन्तित छन्। कालीगण्डकी किनारमा रहेको यो स्थल हिन्दू धर्मावलम्बीका लागि अत्यन्तै श्रद्धाका केन्द्र मानिन्छ। अब यसको दीर्घकालीन संरक्षण, धार्मिक गतिविधिको पुनर्स्थापना र स्थानीयको सुरक्षाका लागि सरकारले गम्भीर पहल गर्नु समयको आवश्यकता बनेको छ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...