पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको नयाँ पुल सञ्चालनमा


काठमाडौं

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्कीबासस्थित विनयी खोलामा नव निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ। कालोपत्रे सम्पन्न भएपछि गाडी सञ्चालनका लागि तयारी पूरा भएको जानकारी नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालले दिएका छन्।

नयाँ पुलबाट अधिकतम ४० टन भारवाहक सवारीसाधन मात्र सञ्चालन गर्न पाइनेछ। पुल सञ्चालनमा आएसँगै विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर जोखिम मोलेर गाडी चलाउनु पर्ने बाध्यता अन्त्य भएको छ।

गत पुस २६ गते भारतीय ट्रकको ठक्करबाट पुरानो पुल भत्किएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। मालबाहक सवारी डाइभर्सनमार्फत मात्र गन्तव्य पुग्नुपर्ने बाध्यता रहेको र पटक–पटक डाइभर्सन बगाउँदा समस्या झेल्नु परेको थियो। यही असार ६ गते यात्रुबाहक बस फसेर ३८ यात्रुको उद्धार गर्नुपरेको थियो।

पुल निर्माणपछि सवारी सहज भए पनि दाउन्ने क्षेत्रको सडक विस्तार कार्य अझै पूर्ण भएको छैन। बर्दघाटदेखि दुम्कीबासबीचको १४ किलोमिटर सडकखण्डमा बर्दघाटतर्फको तीन किलोमिटर खण्डमा मात्रै कालोपत्र सम्पन्न भएको छ। यात्रुहरूका लागि अझै केही समय कठिनाइ कायम रहने देखिन्छ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...