Author: संचार पत्र

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुल सचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुरुकूल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्र स्रोत सुनिश्चित गराउन सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए । ...
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् । जसपा नेपालले एमालेरकांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो । ...
संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देही रूपन्देही विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष अनन्तमान थैवको जन्मदिन विद्युतीय व्यवसायीहरूले उत्सवको रुपमा मनाएका छन्।वि. सं. २०६७ सालमा १५ वर्ष अगाडि विद्युतीय व्यवसायीहरूलाई एकताबद्ध गरेर सङ्घको स्थापना गरी सबै व्यवसायीहरूका समस्या समाधान, आर्थिक एवं सामाजिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उत्सवको दिन रहेको बताएका हुन्। बुधबार बुटवलमा आयाेजित कार्यक्रममा बोल्दै थैबले तत्कालीन समयमा अन्य सानो लगानीका व्यवसाय गर्नेहरूलाई साहुजी भन्ने प्रचलन तर विद्युतीय व्यवसायीहरूलाई लाखौं लगानी गर्दा पनि हेर्ने दृष्टिकोण संकीर्ण रहेको स्मरण गर्दै अहिले केन्द्र, प्रदेश, जिल्लासँगै नगर -नगरमा व्यवसायी एकताबद्ध भएकोमा गर्व लागेको बताए। ५७ वर्ष प्रवेश गरेका थैवले आफ्नो योगदानको सम्मान गर्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घले जन्मदिन विशेष बनाएकोमा धन्यवाद दि...
आज चारवटा संसदीय समितिका बैठक हुँदै

आज चारवटा संसदीय समितिका बैठक हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् ।  आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् । ...
यी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

यी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित...
भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

भारतबाट चोरेर ल्याएको सुन र नगद सहित समातिए ६ जना

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कोहलपुर सोमवार बिहान ७ बजे आसपास ईलाका प्रहरी कार्यालयमा फोनको घण्टी बज्छ। फोन गर्नेले सुचना दिन्छ हाम्रो होटलमा आईतवार सांझ आएर बास बसेकाहरुको गतिबिधी शंकास्पद छ, एकपटक चेक जांच गर्न आउनुहुन्छ की? सुचना पाए लगत्तै प्रहरी निरिक्षक रेशमलाल पौडेलको नेतृत्वको ७ जनाको प्रहरी टोली सुचना पाएको लोकेशनमा पुग्छ। पाएको सुचनाका आधारमा होटल कालिकोटेमा पुगेको प्रहरी टोलीले होटलको कोठा नं ७ मा बसेकाहरुको झोला र अन्य लगेजहरु खानतलासी गर्छ।  कोठामा बसेकाहरुलाई अलग अलग राखेर सोधपुछ गर्दै खान तलासी गरेको प्रहरीले उनीहरुको साथबाट १५ तोला सुनका गहना र झण्डै आठलाख रुपैया बरामद गर्छ। सुनका गहना र नगद लिएर कोठामा बसेकाहरुले त्यसको श्रोत खुलाउन नसकेपछि प्रहरी टोलीले कोठामा रहेका ६ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्याउछ।  प्रहरीले नियन्त्रणमा लिएकाहरु सबै कालिकोटका हुन्।  ...
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बाँके बाँकेको कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफुलाई पत्रकारका रूपमा चिनाउने मनबहादुर सहकारी र रुकुम बाँफेकोट नगरपालिका–१० की सपना पुन छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ । साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्...
कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा सर्वसहमत

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा सर्वसहमत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जीवन प्रसाद ओझा सर्वसहमतबाट  निर्वाचित हुनुभएको छ । समितिमा ९ जना रहने ब्यवस्था छ। गत असार २२ गते भएको निर्वाचनबाट सदस्यमा रामकृष्ण शर्मा , मित्र गिरी, महिला तर्फ कमला पन्थीले ,महिला सदस्यमा संगीता पोखरेल गरि चार जना निर्वाचित भएका थिए । समिति सदस्यमा संगिता अधिकारीलाइ मनोनित गरिएको छ । समितिमा वडाध्यक्ष ,१ जना शिक्षक  प्रतिनिधि ,सदस्य सचिव प्रधानाध्यापक गरि ९ जना रहन्छन् । ३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो । ...
प्रधानमन्त्रीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

प्रधानमन्त्रीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे सोधपुछ गर्दै २४ घण्टाभित्र राजीनामा गर्न निर्देशन दिएका थिए । उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको...