Author: संचार पत्र

फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल,  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र लामो समयदेखि फरार सूचिमा रहेका फरार प्रतिवादी पक्रने क्रममा तीव्रता दिएको पाइएको छ । ती अभियुक्तहरूलाई पक्राउ गरी सजाय भुक्तान गर्न कारागार चलान गरेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २० ८१/८२ को एक वर्षमा विभिन्न अपराध गरी फरार रहेका ८ सय २३ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको हो । कुल ५ सय ६ वर्ष २ महिना १२ दिन बाँकी रहेका उनीहरूबाट जरिवाना रु. ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रूपमा जरिवाना असुलउपर गराएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले भने पछिल्लो समय बैंकिङ कसुर आर्थिक अपराधका घटना दैनिक बढ्दै गएको बताए । ठुला ठुला कारोबार गर्ने चेक लिनदिने गर्ने तर समयमा चेक नसाटिएर प्रहरीकोमा आउनेको सङ्ख्या बढ्दो र...
बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन : तेस्रो त्रैमासमा आयोजनाको काम ५० प्रतिशत सक्नुपर्ने

बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन : तेस्रो त्रैमासमा आयोजनाको काम ५० प्रतिशत सक्नुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्रै आयोजनाको भौतिक प्रगति ५० प्रतिशत हुनुपर्ने व्यवस्थासहितको बजेट कार्यान्वयन मार्गदर्शन बनाएको छ । बिहीबारदेखि लागू भएको चालु वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा आयोजनाको भौतिक प्रगति र गुणस्तरसमेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।  पहिलो त्रैमाससम्म रकम भुक्तानीका लागि भौतिक प्रगति आवश्यक पर्ने छैन । तर, दोस्रो त्रैमासमा भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमाससम्म भुक्तानीका लागि आयोजनाको प्रगति न्यूनतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । त्यसभन्दा कम प्रगति भएको अवस्थामा आयोजना प्रमुखबाट आगामी त्रैमासभित्र उल्लिखित भौतिक प्रगति पूरा गर्ने प्रतिबद्धता भएपछि मात्र भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकि...
एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा एमालेको विहिबार मध्यराती सम्पन्न सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था बारे उल्लेख थियो । मध्यरात सकिएको सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको हो । ‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको उनले जानकारी दिए ।करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अ...
श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ। आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ।  श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक रु १७ हजार ३०० थियो।  आजदेखि लागू हुने गरी भएको सहमतिअनुसार मासिक आधारभूत पारिश्रमिक रु १२ हजार १७० र महङ्गी भत्ता रु सात हजार ३८० हुनेछ। मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक रु ४७० र महङ्गी भत्ता रु २८४ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता रु ३८ हुनेछ। आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुने सहमति भएको छ। उक्त...
राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा भट्टराई नियुक्त

राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा भट्टराई नियुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो । सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’ ओलीले प्रमुख सचेतक पदमा नियुक्त भएकोमा भट्टराईलाई हार्दिक बधाई समेत दिएका छन् । प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतको पद रिक्त भएको थियो । ...
एकै दिन साढे १६ अर्ब रुपैयाँको कारोबार, ७५.८४ अंकले बढ्यो नेप्से

एकै दिन साढे १६ अर्ब रुपैयाँको कारोबार, ७५.८४ अंकले बढ्यो नेप्से

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रास्वपाको नामबाट‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै उजुरी

रास्वपाको नामबाट‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै उजुरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हन्। सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्। 'कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन। यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ। यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले ...
देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का द...
आज साउने सङ्क्रान्ति मनाइँदै

आज साउने सङ्क्रान्ति मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।  अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्...
रेसुङ्गामा आजदेखि साउने मेला सुरु

रेसुङ्गामा आजदेखि साउने मेला सुरु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र रेसुङ्गामा पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् । यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरूले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत...