Author: संचार पत्र

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो ।भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्ताव गरिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ । यस्तो छ,प्रस्तावित राजदूतहरूको विवरण१. डा. निश्चलना...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज्यको निर्धारित बाल संरक्षण प्रणालीमार्फत व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ । बाढी प्रभावित बालबालिकालाई पालनपोषण, शिक्षादीक्षा तथा संरक्षणका नाममा व्यक्ति वा संस्थाले आफ्नो जिम्मामा लिने, विभिन्न माध्यमबाट प्रभाव पार्ने तथा मनोविमर्शका नाममा अवाञ्छित धार्मिक प्रभाव पार्न खोज्ने गतिविधिप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै बालबालिकालाई आफूखुसी जिम्मा लिने वा अन्यत्र स्थानान्तरण गर्ने गतिविधिले उनीहरूको सुरक्षा, मनोसामाजिक अवस्था, भावनात्मक विकास तथा दीर्घकालीन भविष्यमा जोखिम निम्त्याउन सक्ने मन्त्रालयले जनाएको छ । बालबालिकाको सर्वो...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको हो ।‘होल्डिङ सेन्टरहरूमा बसिरहेका व्यक्तिहरूमा झाडापखाला देखिएको छ । ठूलो आउटब्रेक वा महामारीकै रूप लिने गरी भने फैलिएको छैन,’ अधिकारीले भने, ‘अस्थायी बसोबासका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाएका छौँ ।’बाढी-पहिरोपछि प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिम बढ्छ । बाढीका कारण खानेपानीका मुहान तथा खाद्य पदार्थ दूषित हुने भएकाले पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । विशेषगरी झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, ...
राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैंकले २८ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी असोज ३० गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभ...
नदीमा कुकुर फाल्ने महिला पक्राउ

नदीमा कुकुर फाल्ने महिला पक्राउ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँजयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिला पक्राउ परेकी छन्। पुलको पश्चिम किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोकायालाई २०८३ साल असोज १ गते बेलुकी पक्राउ गरिएको हो। पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनामा पक्राउ परेकी रोकायामाथि घटनाको वास्तविकता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि पशुप्रति गरिएको व्यवहारको विषयमा चासो बढेको थियो। ...
‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

‘बुद्धकाल संगै देवदह’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलबुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद न्यौपानेको कृति 'बुद्धकालीन देवदह'मा आधारित संवाद। देवदह केवल एउटा भौगोलिक स्थान होइन, बुद्धकालीन सभ्यता, कोलीय गणराज्य र गौतम बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक भूमि हो। यही इतिहासलाई बौद्ध साहित्य, पुरातात्त्विक प्रमाण, यात्रावृत्तान्त र स्थानीय सन्दर्भका आधारमा खोज्दै निबर्तमान लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक अभियन्ता डा. कृष्णप्रसाद न्यौपानेले ‘बुद्धकालीन देवदह’ कृति पाठकमाझ ल्याउनुभएको छ। चिकित्सक, अध्येता, शिक्षक तथा सामाजिक जीवनका विविध अनुभव संगालेका न्यौपानेको यो कृति इतिहासप्रतिको जिज्ञासा र अनुसन्धानको निरन्तरताको परिणाम हो। पुस्तकसँगै देवदहको पहिचान, संरक्षण, पर्यटन, नयाँ पुस्ताको इतिहासप्रतिको चासो र उहाँको आगामी ले...
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ ।राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरेको जनाएको हो ।गत २०८३ भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण निर्धारित समयभित्र विवरण पेश गर्न नसकेका कर्मचारीलाई म्याद थप गरिएको किताबखानाले जनाएको छ । किताबखानाले थप गरिएको म्यादभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण पेश गर्न नस...
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ​त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ । २०८२ असार १ देखि २०८३ जेठ ३१ सम्ममा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीहरूले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।यस पटक त्रिविले विद्यार्थीहरूलाई सुगम हुने गरी बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फाराम भर्दा नै आफू सहभागी हुने केन्द्र छनोट गर्नुपर्नेछ भने एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक–फरक शुल्क र धरौटी रकम ...
सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

सरकारलाई सभामुखको सुझाव- जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उनले हदबन्दीसम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । घरजग्गाको क्षेत्रमा ५० वर्षसम्म पुन:संशोधन गर्न नपर्ने गरी दिगो, नागरिकमैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको उनले बताए ।सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले घरजग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने, सिमेन्ट, छड, बैङ्क, बिमा, र पूर्वाधार निर्माणजस्ता कैयौँ क्षेत्रलाई जोड्ने प्रमुख आधार भएको बताए ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा, आवा...
डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलभारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् । भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।कार्...