Author: संचार पत्र

कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीन–चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ । बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चा...
कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा,विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा,विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
गुल्मीलगातारको वर्षाका कारण कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा पुगेको छ ।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण कालीगण्डकी नदीको जल सतह बढेको हो । आज बिहान नदीकाे सतह यस वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीका गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । आज बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको उनले बताए । उनका अनुसार यो यस वर्षकै सबैभन्दा बढी हो ।यसअघि आज बिहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उनले बताए । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।नदिमा जल सतह बढेसँगै पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित...
टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

टोपबहादुर रायमाझी विरुद्धको मुद्धाको पेसी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पेसी तोकिएको छ ।  दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जाहेरीवाला र साक्षीको बयान सकिएपछि आजका लागि काठमाडौँ अदालतमा पेसी तोकिएको छ ।   पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीको रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले विसं २०८० असार १ गतेको फैसलाबाट र...
यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।  अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलालाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  ...
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन । उनले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरताबादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गरे । गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलगत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताए । एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गरे। यस्तै लोकतान्...
गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्वर ४ ,साविकको बलेटसार गाउँविकास समितिमा स्थायी बसोबास रहेर विभिन्न पेशा व्यवसाय जस्ता कारण रूपन्देहीमा आइ बसोबास गरेका बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष माेतिप्रसाद श्रेष्ठले समाजले बलेटक्सारबाट रूपन्देहीमा आई यहाँको बलेटक्सारेरिहरूको सँगै आफ्नो जन्मस्थानमा विभिन्न सामाजिक कामहरु शिक्षा ,स्वास्थ्य ,पीडामा मलम लगाउने काम गरेकोमा धन्यवाद दिँदै थप रचनात्मक बनोस् भन्ने शुभकामना दिए।श्रेष्ठले रुरुक्षेत्र ४ मा आफू निर्वाचित भएर आइसकेपछि पहिलाका अपुरा योजनाहरू पूरा गर्ने...
मधेसमा वर्षा, किसानलाई राहत

मधेसमा वर्षा, किसानलाई राहत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
लामो समयदेखिको खडेरीले आहत भएका किसानमा रोपो जाग्ने आशा पलाएको छ । परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बताउँछन् । ‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगी जस्तो तीन दिनको वर्षाले निकै राहत दियो,’ महतो भन्छन्, ‘खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारी बालीलाई अमृत बर्सेजस्तै भयो ।’ लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको छ । ‘लामो रौ...
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हाे । ‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले याे बिषयमा संवेदनशील बन्न जरुरी छ।’ लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उउहाँले ज...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले आज (साउन १७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना छ। आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि सम्भावना छ। मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ ब...
माओवादी स्थायी समितिको बैठक आजदेखि

माओवादी स्थायी समितिको बैठक आजदेखि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।  ‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने । पछिल्लो...