Author: संचार पत्र

जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी

जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल,२९ साउन ।मिनादेवि थापा घरायसी काम गर्दै बसेकी थिन् । त्यति वेला लघुवित्तका कर्मचारी उनको घरमा पुग्छन् । कर्मचारीसंग गाउँका केही मानिस पनि थिए । ऋण वापतको पैसा तिर्न नसकेको भनेर के भन्ने हुन् मनमा प्रश्न उठ्छ ।घर नजिकिदै गरेका कर्मचारी र गाउँलेलाई उनले स्वागत गर्दछिन् । श्रीमान्को मृत्युको शोक ताजै थियो,ऋण वापतको किस्ता तिर्ने रकम थिएन् । गाउँले सहित घरमा कर्मचारी आउँदा मन अमिलो हुनु स्वभाविक नै थियो ।तर कर्मचारी ऋणको पैसा तिर्न हैन्,ऋण मिनाह गर्न आएका थिए । यो सुन्दा मिनादेविको अनुहार केही खुशी देखिन्थ्यो ।मिनमदेविको घर हो वाणगंगा–०४ मोतिपुर । उनले भैसी पालन गर्न भनि जनउत्थान लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएकी थिन् । गत फागुनमा धितो राखेर ऋण लिएको थापाले बताइन् । फागुनमा ऋण लिए,जेठमा श्रीमानको असामयिक निधन भयो । अब ऋण तिर्न सकिदैन् धितो नै पच्ने चिन्तामा थिए उनले भनिन् । संस्...
आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक : यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं   प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ । आज सभामुखले 'सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ...

मनसुन सक्रिय, दिउँसो यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २९, बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) र देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड ...
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
२०८२, २८ श्रावण बुधबार सम्माननीय सभामुख महोदय,यही साउन २०–२३ (अगष्ट महिनाको ५–८) गतेसम्म तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा हाम्रो पनि भव्य सहभागिता भयो । मेरो नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे यस सम्मानित सदनमा संक्षिप्त जानकारी राख्ने अनुमति चाहन्छु । यस्ता सम्मेलनहरु भूपरिवेष्टित विकासशील मुलुकहरुले भोगिरहेका पारवाहन लगायतका चुनौतिहरुको सामना गर्ने उपायहरु खोज्ने उद्देश्यले संयुक्त राष्ट्र संघद्वारा आयोजना हुँदै आएका छन् । यसअघि सन् २००३ मा काजकस्तानको अल्माटी र सन् २०१४ मा अष्ट्रियाको भियनामा पहिलो र दोस्रो सम्मेलन आयोजना गरिएका थिए । सन् २०२४ को जुन र डिसेम्बरमा भूपरिवेष्टित विकासशील अफ्रिकी राष्ट्रहरु– रुवाण्डा र बोत्सवानामा आयोजना गर्ने लक्ष राखिएता पनि ती देशहरुमा परिस्थिति अनुकुल ...
रेसुङ्गा ६ का किसानको पसिना बाँदर र बदेललाई ,स्थानिय सरकार मौन !

रेसुङ्गा ६ का किसानको पसिना बाँदर र बदेललाई ,स्थानिय सरकार मौन !

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ का किसानहरूको दैनिकी अहिले निकै फरक छ। यो दैनिकी वर्षातको माटोमा पसिना बगाउने मात्र नभई, अनवरत चिन्ता, भय र जागाराममा बित्छ। बिहान घाम झुल्कनुअघि नै ५ बजेदेखि सुरु हुने उनीहरूको संघर्ष बेलुका ८ बजेसम्म मकैबारीको डिलमै बित्छ। चिया, खाजा र खाना पनि त्यहीँ पुग्छ। तर, रात परेपछि संघर्षको स्वरूप फेरिन्छ। अँध्यारोमा टर्च बालेर मकैबारीको वरिपरि गस्ती गर्नुपर्ने उनीहरूको बाध्यता छ। यो संघर्षको मूल कारण हो— दिनमा बाँदरको बगाल र रातमा बदेलको समूहले मकैबारीमा मच्चाएको आतङ्क। स्थानीय कृषक खुमा अधिकारीको पीडादायी अनुभवले यस समस्याको गहिराइलाई झनै स्पष्ट पार्छ। "बर्खाको झरीमा ज्यान थरथराउँछ, तर मकै नहेरी घर जाँदैनौँ," उनी भन्छन्। अधिकारीले असारको पहिलो हप्तादेखि नै आफ्नो बास मकैबारीको डिलमै बनाएका छन्। चिसो, शित र वर्षात्ले स्वास्थ्यमा समेत नकारात...
प्रतिनिधिसभाको बैठक बस्दै, आजै ४ संसदीय समितिको बैठक

प्रतिनिधिसभाको बैठक बस्दै, आजै ४ संसदीय समितिको बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक बैठक आज दिउँसो बस्दैछ।  बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। आज चार संसदीय समितिको पनि बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा...
मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको बताएको छ। जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।महाशाखाले आज (साउन २८, बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर पूर्णतया बदली (आकाशभरि बादल) रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, क...
बुटवल ८ को तीज मिलन, एकताको सन्देश

बुटवल ८ को तीज मिलन, एकताको सन्देश

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ८ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।मङ्गलबार वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,पत्रकार ,सामाजिक संघसंस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरु को जमघट रहेको थियो ।महिला दिदीबहिनी नाचगानमा रमाएका थिए। आपसमा भातृत्व ,एकतासँगै संस्कृति उजागर गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।पंगेनीले वडाका सामाजिक संघ-संस्था, आमा समूह, टोल विकास संस्था ,राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार एवं समाजमा योगदान गरेका व्यक्तिहरूबीच पारस्पारिक एकता र मनोरञ्जन लिएको देख्दा खुसी लागेको बताए। साेहि वडाबासी समाजसेवी माया गौतमले वडाले वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका ,प...
आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्‍याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २०...
जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुनेमा जोड दिए। नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने उल्लेख गरे। ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्, देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस्,’ ओल...