Author: संचार पत्र

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

Breaking news 2, ताजा अपडेट
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ । काठमाण्डौ – १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो । ...
भारतले भन्याे, लिपुलेक व्यापार नाका १९५४ बाटै सञ्चालित, नेपालको दाबी आधारहीन

भारतले भन्याे, लिपुलेक व्यापार नाका १९५४ बाटै सञ्चालित, नेपालको दाबी आधारहीन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ लिपुलेक नाका सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिमा नेपालले चासो देखाएपछि भारतले तत्कालै प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको र नेपालले विस्तार गरेको नक्सा आधारहीन रहेको भनी टिप्पणी गरेको छ। सीमा मुद्दामा नेपालले गरेको टिप्पणीको बारेमा मिडियाको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिएको प्रतिक्रिया भन्दै जारी गरिएको वक्तव्यमा लेखिएको छ, ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बीचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका छौं। यस सम्बन्धमा हाम्रो अडान स्थिर र स्पष्ट रहेको छ। लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौंदेखि चलिरहेको छ। कोभिड र अन्य घटनाक्रमका कारण हालैका...
नेपालमा कमजोर बन्दै मनसुन, यस्तो छ आजको मौसम 

नेपालमा कमजोर बन्दै मनसुन, यस्तो छ आजको मौसम 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेशको पहाडी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ भने बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रह...
रेसुङ्गा नगरपालिका १ को आयोजनामा तिज विशेष तथा दरखाने कार्यक्रम सम्पन्न

रेसुङ्गा नगरपालिका १ को आयोजनामा तिज विशेष तथा दरखाने कार्यक्रम सम्पन्न

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
अनिता खत्री गुल्मी, ४ भदौ नारीहरूको महान् पर्व हरितालिका तीजको उल्लास गुल्मीको रेसुङ्गा नगरपालिकामा छाएको छ। यसै क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १ ले तीज विशेष तथा दर खाने कार्यक्रमको भव्य आयोजना गरी पर्वको सांस्कृतिक महत्व, नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशलाई जीवन्त बनाएको छ।रातो पहिरन र गहनामा सजिएका दिदीबहिनीहरूको उल्लासमय उपस्थितिले कार्यक्रमस्थल रंगीविरंगी बनेको थियो। नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृता देवी कुँवर, वडा अध्यक्ष रामप्रसाद पन्थी, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी, वडा सदस्यहरू, समाजसेवी र स्थानीय सरोकारवाला निकायहरूको सहभागिताले कार्यक्रमको गरिमा थप उजागर भएको थियो। उपस्थित सबैले एकअर्कालाई तीजको शुभकामना साटासाट गर्दै पर्वको हार्दिकता र उत्साहलाई साझा गरे।नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशकार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खिलध्वज पन्थीले तीज पर...
टप एन्ड ट्वान्टी-२० मा नेपालकाे लगातार दोस्रो जीत

टप एन्ड ट्वान्टी-२० मा नेपालकाे लगातार दोस्रो जीत

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौ नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड ट्वान्टी-२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार काजालिस एरिनामा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो । जितसँगै नेपालले पाँच खेलमा चार अंक जोडेको छ । पछिल्लो खेलमा होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको नेपाल त्यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमै समेटियो । मेलबर्नका अरुण नायरले २६, जय लेमिरेले १८, ह्यारी डिक्सनले १६ ओली पिकेले १४ र ह्यारी होएकस्ट्राले ११ रन बनाए । नेपालका लागि सोमपाल कामीले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल भुर्तेलले दुई तथा शाहब आलम र रुपेशकुमार सिंहले समान एक हात पारे । त्यसअघि टस जितेर ब...
बाँदरको आक्रमणबाट मान्छेको ज्यान गयो ,

बाँदरको आक्रमणबाट मान्छेको ज्यान गयो ,

Breaking news 2, ताजा अपडेट
नुवाकोट : नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए । आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए। ...
गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट

गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रुपन्देहीको तिलाेत्तमा सहित ६ स्थानिय निकाय स्थांगत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएका छन् । सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो । पालिकाहरुले पाएको याे उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ । आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी ...
६० प्रतिशत सकियो सिद्धबाबा सुरुङमार्गकाे काम, भूइँ र भित्ता ढलान हुँदै

६० प्रतिशत सकियो सिद्धबाबा सुरुङमार्गकाे काम, भूइँ र भित्ता ढलान हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
 बुटवल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । उनका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।  सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय १५१ मिटर, दोस्रो...
प्रतिनिधिसभाको आज बैठक: प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको आज बैठक: प्रधानमन्त्रीले जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने र 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ...
धार्मिक उत्साह र सांस्कृतिक रौनकसहित रेसुङ्गा साउने मेला सम्पन्न, १८ लाखभन्दा बढी बचत

धार्मिक उत्साह र सांस्कृतिक रौनकसहित रेसुङ्गा साउने मेला सम्पन्न, १८ लाखभन्दा बढी बचत

Breaking news 2, ताजा अपडेट, स्थानीय
अनिता खत्री, गुल्मी, ३ भदौ २०८२गुल्मीको रेसुङ्गा क्षेत्रमा साउन महिनाभर सञ्चालित साउने मेला धार्मिक उत्साह, सांस्कृतिक रौनक र सामाजिक एकताका साथ सम्पन्न भएको छ। रेसुङ्गा संरक्षण समितिको आयोजनामा मंगलबार सम्पन्न पत्रकार सम्मेलनमार्फत मेलाको विस्तृत विवरण सार्वजनिक गरिएको छ।समितिका अनुसार, यो वर्ष पनि श्रावण महिनाभर रेसुङ्गा महापोखरीमा स्नान र दर्शनको धार्मिक परम्पराले निरन्तरता पाएको छ। धार्मिक विश्वासअनुसार महापोखरीमा स्नान गर्नाले पाप नाश हुने र रेसुङ्गाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। यस वर्षको मेलामा करिब एक लाखभन्दा बढी भक्तजनले सहभागिता जनाएर यो धार्मिक परम्परालाई जीवन्त राखेका छन्।मेलाको अवसरमा भजन प्रतियोगिता, तीज गीत प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। यी कार्यक्रमहरू विभिन्न सहयोगी दाताहरूको सहयोगमा सम्पन्न भएका हुन्। समितिले मेलाबाट भएको आम्द...