बाँदरको आक्रमणबाट मान्छेको ज्यान गयो ,


नुवाकोट : नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए । 
आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...