Author: संचार पत्र

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे। नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका स...
आज यी स्थानमा भारी वर्षाको सम्भावना: मौसम पूर्वानुमान महाशाखा

आज यी स्थानमा भारी वर्षाको सम्भावना: मौसम पूर्वानुमान महाशाखा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।आज (आइतबार) देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ । मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागक...
थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनीको तराई क्षेत्रमा सार्वजनिक बिदा

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनीको तराई क्षेत्रमा सार्वजनिक बिदा

Breaking news 1, ताजा अपडेट, समाचार
८ भदौ, देउखुरी (दाङ) । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । ‘अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्’, उनले भने, ‘थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ...
गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्। अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआष...
विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन- प्रधानमन्त्री

विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन- प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । शनिबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । जसपश्चात् उनले सामाजिक सञ्जालमार्फत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन् । उनले भनेका छन्- ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’ ...
भियतनामका उपराष्ट्रपति नेपाल भ्रमणमा

भियतनामका उपराष्ट्रपति नेपाल भ्रमणमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँ समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आइपुगेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। उनी दिउँसो १२:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्। उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे। ...
विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरूपन्देही विद्युतीय व्यवसायी संघले संघको १७औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार रक्तसंचार केन्द्र बुटवल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जना विद्युतीय व्यवसायीले रक्तदान गरेका छन्।संस्थाका अध्यक्ष शान्ताराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा केन्द्रीय काेषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले संस्थालाई व्यवसायका हकहित र सशक्त बनाउँदै १७ वर्ष पुरा भएको र थप सशक्त बनाउन पूर्व अध्यक्षको तर्फबाट तथा केन्द्रको तर्फबाट सक्दो साथ रहने विश्वास व्यक्त गरे। संस्थालाई सशक्त बनाउन सबै व्यवसायी लाग्नुपर्ने बताउंदै संस्थाले सबैको साथले आफ्नो सचिवालय स्थापना गर्न सफल भएको स्मरण गराए । रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष दया सिलवालले संस्थाको स्थापना दिवसमा संस्थाले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सम्पूर्ण विद्युतीय व्यवसायी...
धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
६ भदौ, काठमाडौं । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो । ‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’ प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले समेत यो ...
आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका
भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । आजका दिन बाबु...
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

Breaking news 1, ताजा अपडेट
६ भदौ,बुटवल । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका देउखुरीमा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरेका हुन् । राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष डाक्टर विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्राप्त प्रदेशको प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्य मन्त्री सारुलगायत सभागिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रित गरिनुपर्ने बताए । घोषणालाई व्यवहारमा पूर्णरुपमा काउर्यान्वयन गर्न उनले मातहतका निकायलाई निर्देशन दिए । ...