क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान
रुपन्देही
भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् ।
अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले लुम्बिनी क्षेत्रको प्रदूषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र मानव स्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै उद्योग बुधबार स्थानान्तरणको आदेश दिएको हो । यसअघि पनि २०७६ असारमा सर्वोच्चले लुम्बिनी विकास क्षेत्र वरपर १५ किलोमिटरभित्र उद्योग सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश समेत कार्यान्वयन नगरेका उद्योगीहरु सर्वोच्चको पछिल्लो आदेशपछि थप दबाबमा परेका छन् ।
७० अर्ब लगानी, हजारौं श्रमिक प्रभावित
भैरहवा–लुम्बिनी करिडोरमा करिब...








