Author: संचार पत्र

आज यी प्रदेशमा वर्षाको सम्भावना बढी

आज यी प्रदेशमा वर्षाको सम्भावना बढी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज बिहीबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति : देशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा देशका बाँकी पहाड भूभागको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। ...
माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।“पार्टीभित्र एकता कायम गर्न र वर्तमान परिस्थितिको मागअनुरूप केन्द्रीय समिति भङ्ग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । साथै विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ,” प्रवक्ता सापकोटाले बताए ।यससम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादी केन्द्रले यही असोज ...
भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष

भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली जेष्ठ नागरिक भवन निर्माणमा संलग्न भ्रष्टाचार प्रकरणमा उच्च अदालतको निगरानीमा रहेकी बेला अचानक सम्पर्कविहीन भएकी छन् । यस्तो परिस्थितिमा आयोगको नेतृत्व रिक्त नहोस् भन्ने उद्देश्यले आयोगकी वरिष्ठ सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संवैधानिक र कानुनी प्रावधानअनुसार आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने निर्णय गरेकी छन् ।सदस्य खतिवडाले ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४’ को परिच्छेद ४ को दफा २० बमोजिम तथा नेपालको संविधानको धारा १०१(६) अनुसार आयोगको अध्यक्ष पद खाली वा अनुपस्थित भएको अवस्थामा वरिष्ठ सदस्य कार्यवाहक अध्यक्षको रूपमा काम गर्ने स्पष्ट व्यवस्था भएको जनाएकी छन् । उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ, “अध्यक्ष आयोगमा उपस्थित नरहेका कारण, म वरिष्ठ सदस्यको हैसियतले नियमअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछु ...
कति भयो जेनजी आन्दोलनमा निजी क्षेत्रको क्षति ?

कति भयो जेनजी आन्दोलनमा निजी क्षेत्रको क्षति ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौंगत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो ।चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो ।राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् ।सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसक...
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, प्रदेश तथा स्थानीय तहमा सल्लाहकार राख्न नपाइने

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, प्रदेश तथा स्थानीय तहमा सल्लाहकार राख्न नपाइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् ।त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउने भएका छन् ।सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्नेछन् । अत्यावश्यक अवस्थामा प्राविधिक जनशक्ति बाहेक थप दरबन्दी सिर्जना नगर्ने र...
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

Breaking news 1
८ असोज, काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ...
गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।सोमबार रक्तसञ्चार केन्द्र बुटवल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो।कसैले रगतको अभावमा ज्यान गुमाउनु र समस्यामा पर्नु नपरोस् भन्ने मानव सेवाको भावना लिएर समाजले रक्तदान कार्यक्रम गरेको हो।सम्पर्क समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवालीले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सम्पर्क समाजले गरिरहेका समाजसेवाका कर्महरू सँगै रक्तदानलाई पनि प्राथमिकतामा राख्दै समय-समयमा रक्तदान गरी बिरामी लगायत कसैलाई रगत अभाव नहोस् भन्ने धारणा राखेर गरिएको कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताए। कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले सम्पर्क समाजले रक्तदान जस्तो पुण्यकर्म गरेकोमा खुसी व्यक्त गर्दै यसैगर...
जेनजी आन्दोलनमा असईको हत्या आरोपी पक्राउ

जेनजी आन्दोलनमा असईको हत्या आरोपी पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रामको हत्या आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो। किराना पसल सञ्चालक समेत रहेका पौडेलले आन्दोलनकारीलाई उस्काएर लाठीले हानेर असई रामको हत्या गराएका थिए। उनले भीडलाई उस्काएर सडकमै कुटीकुटी हत्या गरेको आरोप छ।यसअघि काभ्रेपलान्चोका २६ वर्षीय युवराज क्यापछाकी पक्राउ परेका थिए। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाएको छ। सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरुको पहिचान गरिसकेको छ। आन्दोलनका क्रममा ३ जना प्रहरीको हत्या भएको थियो। ती मध्ये २ जना महाराजगनज वृत्तका प्रहरी हुन्। महाराजगञ्ज वृत्तमा असई मिलन र...
आगजनी गरिएको रुपन्देहीको ड्रिम इन्टरनेश्नलमा अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन

आगजनी गरिएको रुपन्देहीको ड्रिम इन्टरनेश्नलमा अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगत भदौं २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको बुटवलस्थित ड्रिम इन्टरनेश्नल होटेलले अनाथ तथा अपाङ्गहरुलाई खाना खुवाउँदै मँगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देविनगरस्थित आपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरे ।यस होटलमा ६० जना बढी युवाहरु रोजगाररत छन् । तोडफोड तथा आगजनी गरिएको होटलमा सरसफाई तथा मर्मतको काम जारी रहेको बताउँदै सञ्चालक रानाले क्षतिको बारेमा सम्पूर्ण विवरण संकलन गर्ने काम भैरहेको उल्लेख गरे । आन्दोलनका क्रममा घुषपेठ गर्दै केही अराजक तत्वहरुले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम निन्दनीय भएको बताउँदै उनले दोषीलाई राज्यले कानूनी कारबाही गर्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलन र उनीहरुको मागप्रति आफ्नो पूर्ण समर्थन र सहयोग र...
नवरात्रको दोस्रो दिन: भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिँदै

नवरात्रको दोस्रो दिन: भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालीको महान् चाड बडादसैँको दोस्रो दिन मङ्गलवार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिंदै छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजा अर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरू आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रूपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हात...