Author: संचार पत्र

आयोगले निकाल्यो विज्ञप्ति- फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न कुर्नुपर्दैन

आयोगले निकाल्यो विज्ञप्ति- फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न कुर्नुपर्दैन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आयोगले निकाल्यो विज्ञप्ति- फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न कुर्नुपर्दैनकाठमाडौँ भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्तिलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी आयोगले सो कुरा बताएको हो। गएको असोज ९ गते गृहमन्त्रालयले छानबिन आयोगले काम गरिरहेको भन्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्नहरूलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको थियो। गृहको परिपत्रपछि पक्राउ केही व्यक्तिहरूसमेत अनुसन्धान पूरा नहुँदै छुटेका थिए।आयोगले विज्ञप्तिमा भनेको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’ आयोगका सदस्य विज्ञान राज शर्माद्वारा जारी विज्ञप्...
टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले कुवेतको सामना गर्दै

टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले कुवेतको सामना गर्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौ नेपालले आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ । ओमानमा हुने यो खेल यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि सुरु हुने छ ।आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० कप छनोटका लागि एसिया क्षेत्रका नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामाओ रहेका छन् । आजै समूह ए का कतार र युएई तथा समूह सी का ओमान र सामाओ पनि खेल्दै छन् । अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।प्रतियोगितामा समूह बी मा रहेको नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले शुक्रवार जापानसँग खेल्नेछ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छ...
मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम व...
जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिर...
यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ । त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुन...
बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंयही असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।घटनामा परी ७ जना बेपत्ता भएका नेपाल प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ ।सबैभन्दा धेरै इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ । यी हुन् मृतक ५३ जना ...
आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्...
आज कुन-कुन सडक छन् पूर्ण अवरुद्ध ? (सूचीसहित)

आज कुन-कुन सडक छन् पूर्ण अवरुद्ध ? (सूचीसहित)

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँवर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ।यसैगरी ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा वि...
वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो

वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँवर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यससँगै मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । तर पूरै मनसुन नै भने बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उनको भनाइ छ ।उनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो। विभागका अनुसार अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जल सतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्। सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू तमोर, सु...
दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीजिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ । ...