Tag: sancharpatra.com

२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध...
नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।

नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रुपन्देही ३१ चैत्र – रूपन्देहीमा क्रियाशील रेसुङ्गा–६ रूपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा आफ्नो संस्थाको तर्फबाट प्रकाशित भित्तेपात्रो एक विशेष कार्यक्रमका बीच हिजो शनिबार विमोचन गरेको छ। उक्त कार्यक्रममा भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबैले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष २०८२ साल सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरे। संस्थाका अध्यक्ष यज्ञ प्रसाद मरासिनीले जानकारी दिएअनुसार, रेसुङ्गा–६ मा जन्म भई हाल रूपन्देही तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई एकताबद्ध गरी आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो। समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही...
गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, २३ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अत्तरकाडामा शनिबार एक गोठमा आगलागी हुँदा दुई गाईको जलेर मृत्यु भएको छ। स्थानीय रूक्मागत मरासिनीको गोठमा दिउँसो अचानक आगो लागेको हो। स्थानीय बासिन्दा, रेसुङ्गा नगरपालिकाको दमकल टोली र नगर प्रहरीको सक्रिय प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो। गोठमा लागेको आगो अन्यत्र फैलिन नदिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। स्थानीय टिकाराम अधिकारीका अनुसार समयमै आगो नियन्त्रणमा आएकोले ठूलो मानविय तथा धनजनको क्षति हुन सकेन। हालसम्म आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण पनि खुल्न सकेको छैन। सुख्खा मौसमका कारण पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्। केही दिनअघि सोही वडाको चेक्मीमा पनि आगलागी भई झबिलाल मरासिनीको एक गोठ पूर्णरूपमा जलेको थियो। अत्तरकाडा , बालकाटे , चेक्मी लगायत वरपरका ...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको अनुमान

Breaking news 2, ताजा अपडेट
नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो वर्ष ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । गएको वर्षको तुलनामा बजारमा किनमेल बढेको, जलविद्युत् उत्पादन थपिएको र यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै भएकाले आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वृद्धिमा सेवा क्षेत्रको पनि प्रभाव रहेको छ । अर्को वर्ष पनि साढे ४ प्रतिशतकै आर्थिक वृद्धि अनुमान गरिएको प्रतिवेदनमा अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित हुनु, भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताजस्ता समस्याहरू रहेको पनि उल्लेख छ । सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा ...
मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

Breaking news 2, ताजा अपडेट, विविध
काठमाण्डौ २० चैत्र – सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।  ...
नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित

नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गरे । बुटवलका केन्टा हाराले एक गोल फर्काए । तेस्रो संस्करणको एनएसएल फुटबलमा आज ललितपुर सिटी र पोखरा खेल्दैछन् । प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । ...
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...
विद्यालय शुल्क वृद्धि, पोशाक तथा पाठ्यपुस्तक खरिदमा अनियमितता रोक्न अभिभावक संघको माग

विद्यालय शुल्क वृद्धि, पोशाक तथा पाठ्यपुस्तक खरिदमा अनियमितता रोक्न अभिभावक संघको माग

Breaking news 2, ताजा अपडेट
बुटबल १८ चैत्र – विद्यालय शिक्षामा सुधार, पारदर्शिता, तथा अभिभावकहरूको हक र अधिकारको सुनिश्चितताका लागि नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासन, सरकार तथा सरोकारवालाहरूलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रूपमा परिभाषित गर्दै सबै नागरिकलाई गुणस्तरीय, व्यवस्थित, व्यावसायिक, नैतिक एवं संस्कारयुक्त शिक्षा प्राप्त गर्ने अधिकार दिएको छ। तर, हाल निजी विद्यालयहरूले अनियन्त्रित शुल्क वृद्धि, अनिवार्य पोशाक तथा पाठ्यपुस्तक खरिदजस्ता अभ्यासलाई निरन्तरता दिइरहेको भन्दै महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। विद्यालय शुल्क वृद्धि र अनुशासनबारे गम्भीर चिन्ता नेपाल अभिभावक महासंघका अनुसार, प्रत्येक नयाँ शैक्षिक सत्रको सुरुवातमा केही निजी विद्यालयहरूले शुल्क वृद्...
तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)

तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ १८ चैत – गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ । जिल्ला अदालत काठमाण्डौले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ । यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोज...
म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

Breaking news 1, ताजा अपडेट, विदेश, समाचार
म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ । १७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धारका सामग्री पुर्‍याउने काममा समेत समस्या भएको बीबीसीले जनाएको छ ।    ...