
आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव
काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो ।
सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।
जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ...