Tag: sancharpatra.com

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्। उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए।पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ ।विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए । विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण...
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो ।  पुनर्गठित मन्त्रिपरिषद पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।  एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै ...
बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत

बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत

Breaking news 2, जीवनशैली, ताजा अपडेट
१८ जेठ, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) ले घरायसी उपभोक्तालाई ५ प्रतिशत तथा त्यसबाहेक सिँचाइ, खानेपानी, चार्जिङ लगायत उपभोक्ताका लागि १३ प्रतिशतले मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि बिजुलीमा भ्याट कार्यान्वय गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् । उनको घोषणा अनुसार आर्थिक विधेयक २०८३ मा ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्नुपर्ने छ,’ भन्ने उल्लेख छ । यही व्यवस्थामा टेकेर अर्थमन्त्री वाग्लेले बिजुलीमा ५ प्रतिशतको रिड्युस्ड भ्याट लाग्ने भाषण गरिरहेका छन् । तर, आर्थिक विधेयकमा भएको व्यवस्था र आन्तरिक राजस्व विभागले गरेको व्याख्या अनुसार भने घरायसी ग्राहक बाहेक अन्य सबै ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो । नेपाल विद...
तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ - पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो ।  हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश  प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ । विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।  देशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ  ...
स्वर्गीय पिताको स्मृतिमा जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण

स्वर्गीय पिताको स्मृतिमा जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण

जीवनशैली, ताजा अपडेट, समाचार
गुल्मी, सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पौडेल ब्याग हाउस एण्ड रेडिमेड उद्योग, बुटवल–११ सत्यवती टोल का प्रोप्राइटर रुमलाल पौडेल ले आफ्ना स्वर्गीय पिता खुमलाल पौडेल को पुण्य स्मृतिमा जनसहयोग माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका–५ भुवनपानी, गुल्मी मा बिमा अध्ययनरत कक्षा–१ का सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गर्नुभएको छ। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ बाल्काटे निवासी पौडेलले आफूले अध्ययन गरेको विद्यालयप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा सानो योगदानले पनि विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो।विद्यालयमा आयोजित कार्यक्रममा झोलाहरू रुमलाल पौडेलका सहोदर दाजु गोविन्द पौडेल ले हस्तान्तरण गर्नुभएको थियो। उहाँले स्वर्गीय पिताको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको ...
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो । अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ । प्रचलित कानुनबमोजिम नि...
बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

गित संगित, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल ।बुटवल महामेला -२०८२ संचालनको आज चौथो दिन हो । चैत्र १ गते बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले समुद्घाटन गरि मेला औपचारिक रुपमा संचालन भएको हो । चैत्र २ गतेको हावाहुरीले केही भौतिक क्षेती भएको थियो । भौतिक संरचना पुनः निर्माण तथा मर्मत पछि मेला चैत्र ३ गतेनै संचालन भएको संयोजक गोबिन्द प्रसाद भुसालले बताए । चैत्र २ गतेको हावाहुरीले भौतिक संरचनमा क्षेती पुर्यायो । पुर्ण क्षेतिको पुनः निर्माण हुँदै छ,आंशिक क्षेती ममर्त भै सकेको भुसालले बताए ।मेलाको आज चौथो दिन हो । मुख्य आकर्षक चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका कला लम्सालको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । साथै हास्यकलाकार 'माइला बा ' ,लोक गायिका शिला गुरुङ ,गायक दिपेन्द्र पाण्डे ,टप सोनी डान्स ग्रुप, जेडिसी डान्स स्तुडियोको प्रस्तुति रहने न्यौपानेले बताए ।मेला चैत्र १ देखि २४ गते...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

Breaking news 2, ताजा अपडेट
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ । काठमाण्डौ – १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो । ...