नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको अनुमान


नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो वर्ष ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

गएको वर्षको तुलनामा बजारमा किनमेल बढेको, जलविद्युत् उत्पादन थपिएको र यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै भएकाले आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वृद्धिमा सेवा क्षेत्रको पनि प्रभाव रहेको छ ।

अर्को वर्ष पनि साढे ४ प्रतिशतकै आर्थिक वृद्धि अनुमान गरिएको प्रतिवेदनमा अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित हुनु, भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताजस्ता समस्याहरू रहेको पनि उल्लेख छ ।

सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइले पनि आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...