नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको अनुमान


नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो वर्ष ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

गएको वर्षको तुलनामा बजारमा किनमेल बढेको, जलविद्युत् उत्पादन थपिएको र यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै भएकाले आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वृद्धिमा सेवा क्षेत्रको पनि प्रभाव रहेको छ ।

अर्को वर्ष पनि साढे ४ प्रतिशतकै आर्थिक वृद्धि अनुमान गरिएको प्रतिवेदनमा अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित हुनु, भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताजस्ता समस्याहरू रहेको पनि उल्लेख छ ।

सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइले पनि आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...