नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।


रुपन्देही ३१ चैत्र – रूपन्देहीमा क्रियाशील रेसुङ्गा–६ रूपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा आफ्नो संस्थाको तर्फबाट प्रकाशित भित्तेपात्रो एक विशेष कार्यक्रमका बीच हिजो शनिबार विमोचन गरेको छ।

उक्त कार्यक्रममा भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबैले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष २०८२ साल सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरे।

संस्थाका अध्यक्ष यज्ञ प्रसाद मरासिनीले जानकारी दिएअनुसार, रेसुङ्गा–६ मा जन्म भई हाल रूपन्देही तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई एकताबद्ध गरी आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो।

समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। आगामी दिनहरूमा पनि समाजले नागरिकहरूलाई आवश्यक सहयोग, सचेतनामूलक कार्यक्रम, विशिष्ट व्यक्तित्वको सम्मान, वृद्धवृद्धा तथा फरक क्षमताका व्यक्तिहरूलाई सहयोग तथा सम्मान , रक्तदान, स्वास्थ्य शिविरजस्ता गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको सस्थाका सचिब नारायण प्रभात मरासिनीले जानकारी गराए।

कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञप्रसाद मरासिनी सल्लाहकारहरू लेखनाथ मरासिनी केशव मरासिनी तथा पदाधिकारी कार्यसमिति का सदस्यहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...