नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।


रुपन्देही ३१ चैत्र – रूपन्देहीमा क्रियाशील रेसुङ्गा–६ रूपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा आफ्नो संस्थाको तर्फबाट प्रकाशित भित्तेपात्रो एक विशेष कार्यक्रमका बीच हिजो शनिबार विमोचन गरेको छ।

उक्त कार्यक्रममा भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबैले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष २०८२ साल सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरे।

संस्थाका अध्यक्ष यज्ञ प्रसाद मरासिनीले जानकारी दिएअनुसार, रेसुङ्गा–६ मा जन्म भई हाल रूपन्देही तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई एकताबद्ध गरी आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो।

समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। आगामी दिनहरूमा पनि समाजले नागरिकहरूलाई आवश्यक सहयोग, सचेतनामूलक कार्यक्रम, विशिष्ट व्यक्तित्वको सम्मान, वृद्धवृद्धा तथा फरक क्षमताका व्यक्तिहरूलाई सहयोग तथा सम्मान , रक्तदान, स्वास्थ्य शिविरजस्ता गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको सस्थाका सचिब नारायण प्रभात मरासिनीले जानकारी गराए।

कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञप्रसाद मरासिनी सल्लाहकारहरू लेखनाथ मरासिनी केशव मरासिनी तथा पदाधिकारी कार्यसमिति का सदस्यहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...