२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे


काठमाण्डाै – २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध कारणबाट ७ जनाको ज्यान गएको छ ।

यस्तै १ वर्षमा पहिरोबाट ४८, बाढीबाट १८ र हिमपहिरोमा परेर ३ जना बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्क छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...