Tag: sancharpatra

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रबि आज जिल्ला अदालत रुपन्देहिमा उपस्थित हुँदै ,

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रबि आज जिल्ला अदालत रुपन्देहिमा उपस्थित हुँदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
 बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । अदालतमा उपस्थित हुन उनी हिजो दिउसो नै रुपन्देही आएर बसेका छन् ।  बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनी विरुद्धको  पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको थियो । पूरक अभियोजन अन्तर्गत रवि लामिछाने सहित पूर्वडीआइजी  छविलाल जोशी सहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए । लामिछानेविरुद्ध सहकारीबाट व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ ...
रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
९ माघ, पोखरा । उच्च अदालत पोखराले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । तल्लो अदालतले कुनै आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने आदेश गरेपछि त्यससम्बन्धी विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भन्ने गरिन्छ ।जिल्ला अदालत कास्कीले लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । तल्लो तहको अदालतको आदेश बदर हुनुपर्ने माग राखेर दिइने निवे...
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
८ माघ, काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार  दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ । ...
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो । ...
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै

मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् । आज पनि विभिन्न कार्यक्रम हुँदैछन् । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् । २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो । माघ २ गतेदेखि शुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो । अन्तरिम संविधान सं...
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश
अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ । गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो । सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ्ग सेवाबाट हटाउनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको कानूनी निर्णय ठिक हो भनेको छ । सर्वोच्चको फैसलापछि चिनियाँ कम्पनी टिकटकले यदि अमेरिकी सरकारले कुनै कदम चालेन भने भोलिदेखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्ने बताएको छ । टिकटकले विज्ञप्ती जारी गरेर भनेको छ, ‘जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन्, यदि अम...
तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै

गित संगित, ताजा अपडेट, लेख रचना, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीकवि तुलबहादुर राकसकोटी मगरको प्रथम कृति "आमाको ममता"नामक कविता संग्रहको विविध कार्यक्रम सहित विमोचन हुने भएको छ ।गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग फोक्सीबास निवासी ७१ वर्षिय कवि राकसकोटीद्वारा रचित उक्त संग्रको जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा पौष २७ गते पृथ्वी जयन्तीको शुभ अवसर पारेर विविध कार्यक्रम सहित विमोचन हुन लागेको हो । संग्रहको वरिष्ठ साहित्यकार दिन पन्थीले विमोचन गर्ने जनाइएको छ । पाण्डुलिपीलाई ५ महिना बढीको मेहनत पछि संग्रहको रूपमा प्रेसबाट बाहिर ल्याईएको र बिमोचनको तयारी भएको प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा नव जनविकास युवा क्लव गुल्मीदरबार -१,बलिथुमको विविध सांस्कृतिक कार्यक्रम, सोरठी समूह गुल्मीदरबार-२,जुभूङ्ग घुर्मीको सोरठी नाच , मगर पञ्चे बा...
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

Breaking news 1, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए । सुदूर...
एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट् र लुम्बिनी लायन्स खेल्दैछन् । जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी तीन खेलमा सबै खेल गुमाएर तालिकाको पुछारमा छ । यस्तै दिउँसो सवा एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम शीर्ष स्थानमा र तीन खेलमध्ये दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्यो भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ...
एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – पहिलाे संस्करणकाे नेपाल प्रिमियर  लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २/२ अङ्क भएका कर्णाली छैटाैं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बाेल्ट्स ६ अङ्कसहित एनपीएलकाे शीर्ष स्थानमा छ । ...