नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा
नारायण प्रभात मरासिनी
बुटवल, १६ फागुन – जब कुनै व्यक्तिले आफ्नो हात गुमाउँछ, भविष्यको कल्पना कसरी गर्ला? जब कुनै व्यक्ति समाजबाट अलग महसुस गर्छ, उसले सहारा कहाँ खोज्ला? बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम यस्तै प्रश्नहरूको उत्तर बन्ने प्रयास गरिरहेको छ । तर, विडम्बना के छ भने, अभिभावकविहीनहरूको यो आश्रयस्थल आफैं संकटको भूमरीमा फस्दैछ।
संघर्षबाट प्रेरणा : डोल बहादुर रामदानको कथाले दिएको सन्देस
तनहुँका डोल बहादुर रामदानको कथा प्रेरणादायी मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूका लागि एउटा मार्गनिर्देशक पनि हो। जीवनका हरेक मोडमा संघर्षको सामना गरेका उनले भारतको एउटा कारखानामा मजदुरी गर्दा दुबै हात गुमाए। त्यो दुर्घटनाले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, उनको सोचलाई पनि परिवर्तन गरिदियो।
"म जस्तै अन्य अपाङ्गहरू समाजमा कसरी संघर्ष गरिरहेका होलान्?" – यही प्रश्नले उनलाई झकझक्यायो। ...








