अखिलले गर्याे रक्तदान कार्यक्रम
कृष्ण अन्जान बलेटक्सार
नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्त...








