Tag: patra

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउ...
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ...
गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, १९ असार – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले एक विशेष समारोहका बीच यो घोषणा गर्दै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि थप प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष पोखरेलले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए। उनले भने, “हाम्रो गाउँपालिकालाई बालमैत्री बनाउन र बालश्रम तथा सडक बालबालिकाको अवस्थालाई शून्यमा झार्न हामीले निरन्तर प्रयास गरेका छौं। यो घोषणा हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो।”धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानलाई आत्मसात् गर्दै बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न संस्थागत सुधारमा जोड दिएको छ। पालिकाले बालब...
शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाडौं, बैशाख २ । सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि बिद्यालय शिक्षा बिद्येयक पारित गर्न संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षकको माग पूरा गर्न संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसहित वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो । बैठकले शिक्षकको माग पूरा गर्न सरकार तयार रहेको जनाउ पनि दिएको बैठकपछि शिक्षामन्त्री बिद्या भट्टराईले बताउनुभयो । ...
गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, २३ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अत्तरकाडामा शनिबार एक गोठमा आगलागी हुँदा दुई गाईको जलेर मृत्यु भएको छ। स्थानीय रूक्मागत मरासिनीको गोठमा दिउँसो अचानक आगो लागेको हो। स्थानीय बासिन्दा, रेसुङ्गा नगरपालिकाको दमकल टोली र नगर प्रहरीको सक्रिय प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो। गोठमा लागेको आगो अन्यत्र फैलिन नदिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। स्थानीय टिकाराम अधिकारीका अनुसार समयमै आगो नियन्त्रणमा आएकोले ठूलो मानविय तथा धनजनको क्षति हुन सकेन। हालसम्म आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण पनि खुल्न सकेको छैन। सुख्खा मौसमका कारण पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्। केही दिनअघि सोही वडाको चेक्मीमा पनि आगलागी भई झबिलाल मरासिनीको एक गोठ पूर्णरूपमा जलेको थियो। अत्तरकाडा , बालकाटे , चेक्मी लगायत वरपरका ...
आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् । गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको थियो । विद्युतीय गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर  सङ्कलन भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात भएका छन् । आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान तथा भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ । यस्तै इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख...
लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ फागुन,बुटवल । लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो । रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको...
रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
९ माघ, पोखरा । उच्च अदालत पोखराले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । तल्लो अदालतले कुनै आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने आदेश गरेपछि त्यससम्बन्धी विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भन्ने गरिन्छ ।जिल्ला अदालत कास्कीले लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । तल्लो तहको अदालतको आदेश बदर हुनुपर्ने माग राखेर दिइने निवे...
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
८ माघ, काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार  दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ । ...
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो । ...