डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या


काठमाण्डाै – डेङ्गीका धेरैजसाे बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

डेङ्गी संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेङ्गी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेङ्गी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो ।

डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेङ्गीका रहेको पनि बताउनु भयो । डेङ्गी, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेङ्गी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेङ्गी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेङ्गीमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ । घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर । घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेङ्गीमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ । अहिले ९० प्रतिशत केस डेङ्गीका आउनुभएको छ । कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरु हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरु हुनुहुन्छ । डेङ्गी सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ । उहाँहरु दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । शतर्क हुन जरुरी छ । डेङ्गीका बिरामीहरुलाई झुलमा राख्न उचित छैन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो । त्यो बेलामा हामीले लापरबाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेङ्गी लाग्दैन भन्ने सोच त्याग्नुपर्छ । ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस् ।’

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेङ्गीका बिरामीहरुको चाप बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ । डेङ्गीका बिरामीको चाप धेरै छ । त्यसमा पनि डेङ्गीसँगै डेङ्गीजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ ।’

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेङ्गी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताउनु भयो । उहाँले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताउनु भयो । भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै धेरै घाँटी दुख्ने, शुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेङ्गी हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले बेसिकल्ली छुट्याउनुपर्ने कमन कोल्ड र फ्लू हो फस्र्टमा । सामान्य रुघाखोकी, सामान्य रुघाखोकीलाई फ्लूबाट छुट्याउनु पर्छ । फ्लूलाई डेङ्गीबाट छुट्याउनु प¥यो । डेङ्गीलाई कोभिडबाट छुट्याउने सामान्य एउटा लक्षणको आधारमा शतप्रतिशत यत्तिकै आधारमा छुट्याउन सकिन्छ भनेर सकिँदैन तर लक्षण यति छ भने यो डेङ्गी हो, यस्तो लक्षण छ भने यो कोभिड हुनसक्छ भनेर छुट्याउनलाई हामीले के विचार गर्नुपर्छ भने कमन कोल्ड जुन राइनो भाइरसले नै गर्दा हुने हो सामान्य रुघाखोकी । त्यो एउटा परिवारको एउटा सदस्यलाई भएपछि सबैलाई सर्ने, सामान्य हाच्छिउँ आउने, घाँटी दुख्ने हुन्छ । यसमा ज्वरो आउँदैन, पखाला हुँदैन । हामीले छुट्याउनसक्ने लक्षण एउटा यो हो । जुन सिजनल फ्लू वा इन्फ्लूएन्जा वर्षेनी जुन आउँछ । नेपालमा वर्षमा २ पटक यो फ्लू सिजन हुन्छ । बर्खा र गर्मी लाग्ने बेलामा । तर अहिले चाँडोचाँडो मौसम परिवर्तन भइरहेको भएर फ्लूजस्ता बिरामीहरु प्रायः हामीले देखिरहेका हुन्छौँ । फ्लूका बिरामीहरुलाई प्रायः ज्वरो हुन्छ । जाडो भएजस्तो हुने, पखाला लाग्ने हुन्छ । घाँटी दुख्ने, रुघा लाग्ने भयो भने त्यो फ्लू हुनसक्छ । कोभिडमा बास्ना र स्वाद जाने प्रायः लक्षण हुन्छ । अरु लक्षण त प्रायः फ्लूका सबै नै हुन्छन् ।’

चिकित्सक डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताउनु भयो । 

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...