गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।


असोज ९, गुल्मी
गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खुल्ला क्रिकेट प्रतियोगिता एवम भलिबल प्रतियोगिता संचालन हुने भएको छ । विजया दशमी शुभ दिपावली तथा आफनो पाँचौं वार्षिकोत्सवको अवशर पारेर रेसुङ्गा नगरपालिका–६ मा रहेको गुल्मी रेसुङ्गा युवा क्लबले खुल्ला क्रिकेट प्रतियोगिता एवम खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो । विभिन्न सामाजिक काम गर्दै सभ्य र सुसस्कृत समाज निर्माणको अभियान सहित स्थापना भएको क्लबले खेल क्षेत्रको विकाश र युवाहरुको माग अनुसार खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ । चाडपर्व विषेश परम्परा र सकृतिको संरक्षण समंर्बधन तथा सामाजिक उत्तरदाईत्वका कार्यक्रमहरु गर्दै आईरहेको क्लबले २०७९ सालको विजया दशमीको अबशरमा खुल्ला भलिवल तथा क्रिकेट प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम संचालन गर्न लागेको क्लबका अध्यक्ष गोकर्ण बरालले जानकारी दिनुभएको छ ।
असोज १३ र १४ गते क्रिकेट , १५ गते भलिबल प्रतियोतिता हुने छ भने १६ गते विविध सांस्कृतिक कार्यक्रम पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरीने छ ।
क्रिकेट प्रतियोगिता उनायचौर खेल मैदानमा , भलिबल प्रतियोगिता साउनेथुम प्राथमिक विद्यालयको प्रांगढमा हुने छ भने विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण मुनलाईट बोडिंङ्ग स्कुलको मैदानमा संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरेको क्लवले इच्छुक कलब तथा समूहहरूलाई समयमै टीम दर्ताका लागि अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...