एमाले गुल्मीले सबै निर्वाचन क्षेत्र ,पालिका र वडा कार्यालय स्थापना गर्यो ,


कृष्ण अन्जान रिडीबजार

सँघिय र प्रदेशका लागि मनाेनयन दर्ता गरिसके पछि यतिबेला गुल्मीका राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा जुटेका छन । गाउँघरमा जनता सँगकाे पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटीका कार्यालय हरुपनि स्थापना गर्ने कार्य शुरु गरिएकाे छ । यसैक्रममा गुल्मीका सम्पूर्ण सँघिय ,प्रदेश , पालिका ,वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयाेजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यलय स्थापना गरेकाे छ । यसैगरी १२ वटा पालिका दुईवटा सँघिय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएकाे छ । सँघिय निर्वाचन क्षेत्र १ काे कार्यालय रिडीबजारमा स्थापना भएकाे छ भने प्रदेश १ क काे सत्यवतिकाे खैरेनी प्रदेश १ ख काे निर्वाचन परिचालन कमिटीको कार्यालय छत्रकाेटकाे भेँडुवामा स्थापना भएकाे छ । यसै गरि निर्वाचन क्षेत्र न २ काे कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ काे क काे सिमलटारी मा र ख काे कार्यालय इस्माकाे छल्दिक्षेत्रमा स्थापना गरिएकाे एमाले सचिवालय सदस्य श्रेष्ठले बताए । एकैदिन जिल्ला भरि एकसय ६ वटा निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापनाका क्रममा आफ्नो सम्पूर्ण सँयन्त्र परिचालन गर्दै वडा निर्वाचनकाे प्रचार प्रसारलाई तिव्रता दिएकाे र सम्पूर्ण टाेल ,वडा ,पालिका ,सबै निर्वाचन क्षेत्रमा पार्टीका सम्पूर्ण निकाए चलाएमान बनाईएकाे र मुख्यत जनता सँगकाे जनसम्पर्क र अन्तरकृयालाई प्राथमिकतामा राखेकाे श्रेष्ठले बताए । शुखि नेपाली र समृद्ध नेपालकाे अभियानकाे निरन्तरतामा एमालेले आफ्नो निर्वाचन अभियान केन्द्रिकृत गरेकाे छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...