एमाले गुल्मीले सबै निर्वाचन क्षेत्र ,पालिका र वडा कार्यालय स्थापना गर्यो ,


कृष्ण अन्जान रिडीबजार

सँघिय र प्रदेशका लागि मनाेनयन दर्ता गरिसके पछि यतिबेला गुल्मीका राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा जुटेका छन । गाउँघरमा जनता सँगकाे पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटीका कार्यालय हरुपनि स्थापना गर्ने कार्य शुरु गरिएकाे छ । यसैक्रममा गुल्मीका सम्पूर्ण सँघिय ,प्रदेश , पालिका ,वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयाेजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यलय स्थापना गरेकाे छ । यसैगरी १२ वटा पालिका दुईवटा सँघिय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएकाे छ । सँघिय निर्वाचन क्षेत्र १ काे कार्यालय रिडीबजारमा स्थापना भएकाे छ भने प्रदेश १ क काे सत्यवतिकाे खैरेनी प्रदेश १ ख काे निर्वाचन परिचालन कमिटीको कार्यालय छत्रकाेटकाे भेँडुवामा स्थापना भएकाे छ । यसै गरि निर्वाचन क्षेत्र न २ काे कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ काे क काे सिमलटारी मा र ख काे कार्यालय इस्माकाे छल्दिक्षेत्रमा स्थापना गरिएकाे एमाले सचिवालय सदस्य श्रेष्ठले बताए । एकैदिन जिल्ला भरि एकसय ६ वटा निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापनाका क्रममा आफ्नो सम्पूर्ण सँयन्त्र परिचालन गर्दै वडा निर्वाचनकाे प्रचार प्रसारलाई तिव्रता दिएकाे र सम्पूर्ण टाेल ,वडा ,पालिका ,सबै निर्वाचन क्षेत्रमा पार्टीका सम्पूर्ण निकाए चलाएमान बनाईएकाे र मुख्यत जनता सँगकाे जनसम्पर्क र अन्तरकृयालाई प्राथमिकतामा राखेकाे श्रेष्ठले बताए । शुखि नेपाली र समृद्ध नेपालकाे अभियानकाे निरन्तरतामा एमालेले आफ्नो निर्वाचन अभियान केन्द्रिकृत गरेकाे छ ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...