यस्तै छ यहां………..


जहाँ सुर्योदय हुन्छ स्वभावतः त्यहाँ सूर्यास्त पक्कै हुन्छ । सधैं पूर्णिमा त कहाँ हुन्छ र ? औंसीको चन्द्रमा त अध्यारोको पर्दाले मुख छोप्न बाध्य छ । सायद सांसारीक दर्दनाक यात्रामा पीर, बेदना र क्रन्दनबाट कोहि पनि अछुतो हुन सक्दो रहेनछ । जीवन ज्युने क्रममा कहिले हासै हासोको बाढी त कहिले रोदनको निष्कपट छाल आउँदो रहेछ । अनि यहि जिन्दगीमा गर्दिन भनेको काम गर्नु पर्दो रहेछ त जादिन भनेको ठाउँमा जानू पर्दो रहेछ।

हो यहीँ जिन्दगी ब्यतित गर्ने क्रममा बिशाल भन्ने पात्र पनि जेन-तेन यो स्वार्थी दुनियाँ अनि चाकरी चाप्लुसीले भरिपुर्ण समाजको एउटा गन्तव्यहिन यात्री बनी यात्रा गरिरहेको थियो । आखिर जिन्दगी भनेको कर्कलाको पातमा अडिएको पानी सरह हो जुन जतिखेर पनि पोखिन सक्छ । जसरी सुर्य बिना यो सृष्टि संचालनको चल्दैन, पानी बिनाको नदी र जून-तारा बिनाको आकाश पनि हाम्रो कल्पना भन्दा बाहिरका कुराहरु हुन । बस त्यसरी नै यो दुईदिने जिन्दगीमा एउटा भावनात्मक साथिसंगको यात्रा बिशालको लागी मार्गनिर्देशको एउटा सबल पक्ष बन्ने थियो ।

तर यो २१औं शताब्दीको ढोगी समाजमा एउटा साथी सङ्ग सहयात्रा गर्दा पनि विभिन्न आरोप-प्रत्यारोप अनि फोस्रा लान्छना लगाउने र आंखा तर्ने काम गरिन्छ । के यही हो आजको शिक्षित समाजको दायित्व ? अनि अभिभावकले गर्ने उपयुक्त ब्यवहार यही हो? म स्वयमले आफैमा प्रश्न चिन्ह खडागर्न बाध्य छु । के एक-आपसका साथी- साथी संगको भेट अरुका लागी अभिशाप बन्छ त?

अँह! कदापि बन्दैन ।यद्यपि यस्तो हो भने त यो संसारको सृष्टि नभएको भए कति राम्रो हुन्थ्यो होला एकछिन सोचौ त? समाज एकै किसिमको गतिमा अगाडि बढ्ने हो भने कहिले पो यसको परिवर्तन हुन्छ र? भनिन्छ नि संसार परिवर्तन गर्नु छ भने शुरूवात आफैबाटगर्नुपर्दछ।साउनमा आखा फुटेको गोरुले सधैं हरियो देख्छ भने जस्तै एउटि नारी सङ्ग बोल्दैमा अनि हास्दैमा गलत अनि भ्रामक अर्थ लगाएर हेर्ने मानिसको कमि अझै भएको छैन।

के ती नारी भनेको आफ्नै दिदी, बहिनी होइनन् त ? अनि जुनसुकै स्थान र समयमा पनि बोलिने महिला आखिर निर्दोष महिलाको रुपमा पनि त रहन सक्छिन । तर बिडम्बना सासू भएर बुहारीको ब्यथा नजाने/नबुझ्ने यहि परम्पराले गर्दा महिलाहरू दमन, शोषण र घरका चार भित्ताहरु भित्र सीमित हुन बाध्य भएका छन र कलुषित भावनाले ग्रसित बनेका छन् ।

चन्द्रमा मा पानी अर्पेर खाने मान्छेहरु त्यही ठाउँमा टेक्न पुग्दा पनि उनीहरुको मन परिवर्तन हुन सकेको छै । अझ भर्खर मात्र स्वतन्त्र समाजमा प्रवेश गरेको नेपाली समाज अरुको आङमा जूम्रा देख्ने तर आफ्नो आङ्को भैंसी नदेख्ने अवस्थामा अध्यारो सन्नाटामय समयमा कालो चस्मा लगाएर बसेको छ । यस्तो कलङ्कित समाजमा महिला मुक्ति छिट्टै सम्भव होलाभन्ने सोच्नु गलत हुनेछ ।

लाग्छ त्यस्ता महिलाहरुले आफ्नै छोराछोरी पाइन्ट र मिनिस्कर्टले सजिदा आत्महत्या बाटो अपनाउन आखिर के बेर । तर एउटा कुरा मान्छेको मन जब स्वच्छ र खुला हुन्छ त्यसले यस्तो किसिमको तुच्छ सोचाइ लिनसक्दैन । जसले बोलाइएको प्रभाव र असर अरुमाथी कस्तो पर्छ र आफ्नो छोरा-छोरी माथी अरुले औंला उठाइदिए भने कती मन दुख्छ त्यो ख्याल नगर्ने मान्छेहरु नै विभिन्न किसिमका लान्छना लगाउन पुग्छन ।

तथापि ललाट्मा चन्दन घस्ने नै नैतिकवान र गन्हाउने शरीरमा अत्तर छर्कदैमा सभ्य कोहि पनि हुदैन । नैतिकता र सभ्यताको लागी कुनै तालिम लिनु पनि पर्दैन केबल समय सापेक्ष ब्यवहारमा सुधार गरे पुग्छ । अनि कागले कान लग्यो भनेर चिन्तित भएर बस्नु पर्ने आवश्यकता पनि देखिन्न । भनिन्छ नि फूलको आखामा फूलै संसार……………।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...