बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा


असोज ९ बुटबल
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंचले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सगै शुभकामना आदान प्रदान कायक्रमको तयारी पुरा भएको छ ।
असोज १० गते भोली घटस्थापानाको दिन आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मञ्चले जनाएको छ । आउदै गरेका चाडपर्वहरु विजया दशमि ,शुभ दिपावली तथा छट पर्वको अवशरमा एक आपसमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजनामा गरिएको मंंचका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।
गुल्मी जिल्लाबाट बसाईसराइ गरि रुपन्देही जिल्ला लगायत आसपासमा क्षेत्रमा विभिन्न पेशा व्यावसाय गरि बसोबास गर्नुहुने नेकपा एमालेमा आस्थावान सुभेक्छुक कार्यक्रताहरुको उल्लेखनिय उपस्थिती रहने आयोजकले जनाएको छ । गुल्मी जिल्लाका १२ ओटै स्थानियतहको प्रतिनिधित्व हुने गरि उल्लेखनिय उपस्थितीको लागी प्रचारको कार्यलाई तिब्रता दिएको मञ्चका अध्यक्ष थापाले बताउनु भएको छ ।
बुटबल बसपार्कको र्डासिज ईटरनेशनल होटलमा हुने कार्यक्रममा नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवाली , केन्द्रिय सचिव गोकण विष्ट लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा हांस्यकलाकार पुरुषोतम भण्डारी पुर्खे बा ,गायक नारायण विपी परियार, हास्यकलाकार उज्जल गिरी, गायक नन्दु परियार, गायिका विष्णु श्रीपाली, गायक राजेन्द्र पाण्डे, लालुमाया कुवर, डान्सर अनिशा गौतम, डान्सर सविता भुसाल लगायलको प्रस्तुति रहने मञ्चका सचिब चिरन अर्यालले बताउनु भएको छ । विहान ११ बजे देखि होटल र्डासिजमा हुने कार्यक्रममा सुभेक्छुक सवैलाई उपस्थितीको लागी निमन्त्रणा गरेको छ ।
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंचले राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । स्मरण रहोस डेंगुको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा रोगबाट कसैले पनि थप समस्या झेल्न नपरोस रगत अभावको समस्या कुनैपनि नागरिकले भोग्न नपरोस भन्ने शुद्ध मानवीय भावनाले ओतप्रोत भई मञ्चले तिज पर्वको अबशरमा रक्तदान कार्यक्रम गरेको थियो ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...