तिलोत्तमा मिडिया क्लबद्वारा पत्रकारको क्षमता विकास तालिम तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न
रुपन्देहीतिलोत्तमा मिडिया क्लबको आयोजना तथा तिलोत्तमा नगरपालिका रुपन्देहीको सहयोगमा पत्रकारहरुको क्षमता विकास कार्यक्रम तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।क्लवका अध्यक्ष विपी गौतमको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देवी चौधरी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कारका संस्थापक मोहन चापागाईं, क्लवका उपाध्यक्ष टिआर शर्मा, सचिव कल्पना तिवारी लगायतले वोल्दै पत्रकारितामा राज्यले अंकुश लगाउन नहुने भन्दै निर्णय सच्याउन संघिय सरकारसंग माग गरेका छन्।उनिहरुले पुरस्कृत हुने पत्रकार रेखा भुसाललाई वधाई दिंदै देश र नागरिकको सरोकारका विषयमा अझ वढि शशक्त भएर लाग्ने प्रेरणा प्राप्त होस् भन्ने शुभका...








