रुपन्देहीका विद्यालय भोलिबाट संचालनमा आउने
बुटवलजनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन् ।जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् ।शनिवार प्याबसन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेशनल प्याबसन रुपन्देही अध्यक्ष बाबुराम बन्जाडे र हिसानका अध्यक्ष कृष्णबहादुर न्यौपानले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विद्यालय संचालन हुने बताएका हुन् ।
...






