यी ६ प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावमा देशभर सामान्यतया बदली रहेको छ ।

आज बिहान कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ । पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...