शिक्षा

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमामै सबैभन्दा बढी भुक्तानी

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमामै सबैभन्दा बढी भुक्तानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा पुगेको क्षतिको बिमाबापत हालसम्म डेढ अर्बभन्दा बढी रकम भुक्तानी गरिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा ३ हजार ९९ वटा दाबी परेका छन्, जसको कूल मूल्य करिब २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबर रहेको छ। तीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको र बाँकी २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार क्षतिको मूल्याङ्कन र अनुगमनका लागि बिमा सर्भेयर खटाइएका छन्। हालसम्म ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको पनि बताइएको छ। भुक्तानीमध्ये सबैभन्दा बढी सम्पत्ति बिमा अन्तर्गत गरिएको छ। यसअन्तर्गत ६५३ वटा दाबी परेका थिए, जसमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ। सम्...
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँ ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुदै छन् ।नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्दै छ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि सुरु हुदैछ । नेपाल र युएईबिचको खेललाई एसोसियट देशहरूको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समूह चरणमा दुवै आ-आफ्नो समूहमा विजेता बनेर सुपर सिक्समा २-२ अङ्क लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छन् ।त्यस्तै सुपर सिक्समा आज ओमान र कतार बिच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबिच राति ८: ४५ बजेदेखि खेल हुदैछ । छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोज...
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ।आजको छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। ...
यस वर्षको मनसुन देशभरबाट बाहिरियो

यस वर्षको मनसुन देशभरबाट बाहिरियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाण्डौ यस वर्षको मनसुन देशका सबै भागबाट बाहिरिएको छ । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो । हिजोदेखि भने देशभरबाट मनसुन बाहिरिएको हो । यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन देशभर फैलिन २३ दिन लागेको थियो ।मनसुनको अन्त्यतिर यसपालि देशका ५० भन्दा बढी जिल्लामा ठूलो वर्षाका कारण जनजीवन प्रभावित भयो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम विभागले आग्रह गरेको छ । ...
राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो ।जस अनुसार बा डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । ...
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक लियो

टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक लियो

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो ।जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे । ...
प्रधानमन्त्री कार्कीको सन्देश : जेनजी पुस्ताले गरेको क्रान्ति सबैले स्वीकार गर्नुपर्छ

प्रधानमन्त्री कार्कीको सन्देश : जेनजी पुस्ताले गरेको क्रान्ति सबैले स्वीकार गर्नुपर्छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै उनले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताइन् ।सम्बोधनका क्रममा उनले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्। ‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ, ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ। उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेन। उनीहरुको माग सम्बोधन गर्न सकेन। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।’ सम्बोधनमा उनले संयम राख्न र ...
राष्ट्रपतिले बोलाए राजनीतिक दलहरूलाई संवादमा

राष्ट्रपतिले बोलाए राजनीतिक दलहरूलाई संवादमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौराष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाएका छन्। शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। जेन-जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई गत भदौ २७ गते कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएसंगै राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाएका हुन्। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन्। बिहीबार प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँगको भेटपछि दलह...
नेपालले गर्यो इजरायल र हमासबीच भएको सम्झौताको स्वागत

नेपालले गर्यो इजरायल र हमासबीच भएको सम्झौताको स्वागत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालले अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्य पूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ ।परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको हो ।मन्त्रालयले ७ अक्टोबर २०२३ देखि हमासद्वारा हिरासतमा रहेका नेपाली नागरिक बिपिन जोशी लगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान समेत गरेको छ । मन्त्रालयले भनेको छ- हामी सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र क्षेत्र र बाहिर दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौं ।’ साथै नेपालले बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्किएको प्रशंसा गरेको छ । ...
स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । ...