क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमामै सबैभन्दा बढी भुक्तानी


काठमाडौँ
जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा पुगेको क्षतिको बिमाबापत हालसम्म डेढ अर्बभन्दा बढी रकम भुक्तानी गरिएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा ३ हजार ९९ वटा दाबी परेका छन्, जसको कूल मूल्य करिब २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबर रहेको छ। तीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको र बाँकी २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार क्षतिको मूल्याङ्कन र अनुगमनका लागि बिमा सर्भेयर खटाइएका छन्। हालसम्म ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको पनि बताइएको छ।

भुक्तानीमध्ये सबैभन्दा बढी सम्पत्ति बिमा अन्तर्गत गरिएको छ। यसअन्तर्गत ६५३ वटा दाबी परेका थिए, जसमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ। सम्पत्ति बिमामा कुल १९ अर्ब ६ करोड ७६ लाख रुपियाँ बराबरको दाबी गरिएको थियो।

त्यसपछि मोटर बिमा क्षेत्रमा बढी दाबी परेका छन्। दुई हजार २०६ वटा दाबी परेका मध्ये अग्रिम भुक्तानीसहित करिब २४ करोड ९१ लाख रुपियाँ भुक्तानी गरिएको छ। यस श्रेणीमा करिब तीन अर्ब ४१ करोड छ लाख रुपियाँ बराबरको दाबी परेको थियो। मोटर क्षतिको मूल्याङ्कनका लागि एक हजार ९३९ वटा दाबीका लागि सर्भेयर खटाइएका मध्ये हालसम्म ३१४ प्रतिवेदन प्राप्त भएका छन्।
त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपियाँ बराबरको दाबी परेका मध्ये करिब ८७ लाख रुपियाँ भुक्तानी गरिएको छ। यसका लागि १२६ वटा दाबीमा सर्भेयर खटाइएको र हालसम्म पाँच प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ।

परिवहन बिमामा १२ वटा दाबी परेका छन्, जसको कूल रकम एक करोड ६३ लाख रुपियाँ बराबर रहेको छ। तीमध्ये ११ वटा दाबीका लागि सर्भेयर खटाइएको बताइएको छ।

त्यस्तै, अन्य बिमा क्षेत्रमा ३८ वटा दाबी परेका छन्, जसको मूल्य करिब ३५ करोड ३७ लाख रुपियाँ बराबर रहेको छ। तीमध्ये हालसम्म करिब पाँच लाख ५० हजार रुपियाँ मात्र भुक्तानी भएको छ। यस श्रेणीका लागि ३६ वटा दाबीमा सर्भेयर खटाइएको र तीन प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार सबै बिमकहरूले दाबी भुक्तानीको प्रक्रिया निरन्तर रूपमा अघि बढाइरहेका छन्, र प्राधिकरणले त्यसको अनुगमन गरिरहेको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...